विजयपुर । नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्य पदमुक्त भएका छन् ।

“सार्वजनिक पदाधिकारीको पदमुक्तिसम्बन्धी विशेष व्यवस्था अध्यादेश, २०८३” बमोजिम शाक्यसहित अन्य पदाधिकारीहरू स्वतः पदमुक्त भएका हुन् । सोमबार मन्त्रालयले जारी गरेको सूचनाअनुसार प्राधिकरणका सदस्यहरू रतनबहादुर ऐर, डा. बलबहादुर पराजुली, श्यामकिशोर यादव र रोहित पौडेल पदमुक्त भएका हुन् । यस्तै, विद्युत् नियमन आयोगका अध्यक्ष डा. रामप्रसाद धिताल तथा सदस्यहरू डा. मधुसुधन अधिकारी र डा. झमकप्रसाद शर्मा, गौतम डङ्गोल र भागिरथी भट्टराई ज्ञवाली पदमुक्त भएको मन्त्रालयले जनाएको छ ।