श्री शालवाहनीय शाके १९४८ ने.सं. ११४६ वि.सं. २०८३ साल वैशाख २१ गते सोमबार, ४ मे २०२६, रौद्रनाम संवत्सर। ज्येष्ठ कृष्णपक्षको तृतीया तिथि भोलि ०५ः३९ बजेसम्म, उप्रान्त चतुर्थी, नक्षत्र अनुराधा १०ः०९ बजेसम्म, उप्रान्त ज्येष्ठा, चन्द्रमा राशि– वृश्चिक, सूर्योदय ०५ः२२ बजे र सूर्यास्त ०६ः३९ बजे हुनेछ ।

मेष (चु, चे, चो, ला, लि, लिु, द, ले, लो, अ)
न्यून उपलब्धिमा चित्त बुझाउनुपर्ने परिस्थिति रहनेछ। दिनभर दौडधुप गर्नुपरे पनि काम अधुरो रहला।
वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
पहिलेका समस्या दोहोरिनाले उत्साहमा कमी आउला। कमजोरी देखापर्नुका साथै उपचारमा खर्च हुने योग छ। 
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)
घरेलु समस्यामै अल्झनुपर्ला। हुलमुलमा धनमाल हराउन सक्छ, सचेत रहनुहोला। 
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) 
आतिथ्यपूर्ण सम्मानका साथ मित्रताको बन्धन कसिलो हुनेछ। व्यवसायका लागि यात्राको सम्भावना छ। 
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
सोख पूरा हुनुका साथै प्रतीक्षा गरिएको उपलब्धि प्राप्त हुनेछ। नयाँ ज्ञानले अध्ययनमा उत्साह जगाउनेछ। 
कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
सुमधुर दाम्पत्यले प्रफुल्लित भइनेछ। आम्दानी प्रशस्तै बढ्नेछ । विभिन्न भौतिक साधन प्राप्तिको योग छ।
तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)
मिहिनेतीहरूका लागि समय उत्साहजनक रहनेछ। सम्झौता गर्नुपरे पनि अधिकार र प्रतिष्ठा जोगाउन सकिनेछ।   
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
दिगो फाइदा हुने काम सुरु हुन सक्छ। लामो यात्राको प्रक्रिया अघि बढ्नेछ। प्रयत्न गर्दा लक्ष्य प्राप्त गर्न सकिनेछ।
धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
मिहिनेतका साथै गोपनीयतामा ध्यान पु¥याउनुहोला।सुखद् समाचारले दिन उत्साहपूर्ण रहनेछ। 
मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
अध्ययनको लगावले बौद्धिक क्षेत्र फराकिलो बन्न सक्छ। मिहिनेतले प्रतिष्ठित काम सम्पादन हुनेछ।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)
व्यापारमा धेरै फाइदा नभए पनि कृषि क्षेत्रबाट राम्रो लाभ मिल्ने योग छ। अनुयायीको साथले पनि हिम्मत बढाउनेछ।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
स्वास्थ्यका लागि खानपानमा सजग रहनुहोला। आकस्मिक यात्राको योग बन्नेछ । प्रेम सम्बन्धमा सफलता मिल्नेछ ।