श्री शालवाहनीय शाके १९४८ ने.सं. ११४६ वि.सं. २०८३ साल वैशाख २० गते आइतबार, ३ मे २०२६, रौद्रनाम संवत्सर। ज्येष्ठ कृष्णपक्षको द्वितीया तिथि भोलि ०३ः१७ बजेसम्म, उप्रान्त तृतीया, नक्षत्र विशाखा ०७ः२२ बजेसम्म, उप्रान्त अनुराधा, चन्द्रमा राशि वृश्चिक, सूर्योदय ०५ः२३ बजे र सूर्यास्त ०६ः३८ बजे हुनेछ ।
मेष (चु, चे, चो, ला, लि, लिु, द, ले, लो, अ)
शुभचिन्तकहरूको सुझाव नमान्दा दुःख पाइनेछ। अप्ठ्यारो परिस्थिति अँगाल्दै अघि बढ्नुपर्ने समय छ।
वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
आफन्तजन सहयोगीका रूपमा देखा पर्नेछन्। रोकिएका काममा दोहो¥याएर प्रयत्न गर्दा लाभ हुनेछ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)
विद्यार्थीहरूको अध्ययनमा प्रगति हुनेछ। मिहिनेतले सम्मानित स्थानसमेत दिलाउनेछ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
शुभचिन्तकहरूले साथ दिनेछन्। लगनशीलताले राम्रै उपलब्धि दिलाउनेछ।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
सेवामूलक कामबाट धनलाभ हुनेछ । प्रतिभा प्रदर्शन गर्दै बौद्धिक प्रतिस्पर्धामा विजयी भइनेछ।
कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
लक्ष्य प्राप्त हुनुका साथै दिगो लाभ हुने काम प्रारम्भ हुनेछ। रोकिएका काम सम्पादन गर्न सफल भइनेछ।
तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)
पराक्रमद्वारा अधिकार स्थापित गर्न सकिनेछ।परिस्थितिको चक्रमा अलमलिनुपर्दा काम बन्न समय लाग्नेछ।
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
आफ्नो क्षेत्रमा अरूले हस्तक्षेप गर्न सक्नेछन्। सम्भावना देखिए पनि उपलब्धि प्राप्त गर्न समय लाग्नेछ।
धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
चुनौतीपूर्ण जिम्मेवारी वहन गर्नुपर्ला। दिउँसोतिर स्थितिमा सुधार आउनाले रोकिएको काम बन्नेछ।
मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
व्यापार बढ्नुका साथै पेसा–व्यवसायमा लाभ हुनेछ। मिहिनेत गर्दा पहिलेको उपलब्धि जोगाउन सफल भइनेछ।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)
पहिलेका कमजोरी सुधार्दै फाइदा उठाउने समय छ। पहिरनले व्यक्तित्वमा आकर्षण ल्याउनेछ।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
अवसरको खोजीमा दौडधुप गर्नुपर्ला। आफ्नो श्रम परे पनि कामको प्रतिफलमाथि अरूले राज गर्नेछन्।