पाँचथर/मानसिक रोगीहरुका लागि राज्यले निःशुल्क स्वास्थ्योपचारको व्यवस्था गर्नुपर्ने एक कार्यक्रमका सहभागीहरुले बताएका छन् । मानसिक स्वास्थ्य दिवसको अवसरमा बिहीबार फिदिममा आयोजित कार्यक्रमका सहभागीले मानसिक रोगीहरुलाई माया र सद्भाव आवश्यक रहेको बताएका हुन् ।

mental-disorder

दिवसको अवशरमा मानवअधिकार आयोग क्षेत्रीय कार्यालय विराटनगरले आयोजना गरेको ‘मानसिक स्वास्थ्य र मानवअधिकार’ विषयक अन्तत्र्रिmयामा सहभागीले उचित रेखदेख र यथोचित उपचारको अभावमा मानसिक रोगीहरुको अवस्था दयनीय बन्दै गएको बताए । अन्तत्र्रिmयामा सहभागी जिल्लास्थित दलका प्रमुख तथा प्रतिनिधि, मानवअधिकारवादी, प्रहरी, डाक्टर र सञ्चारकर्मीले समाजमा मानसिक रोगी प्रतिदिन बढ्दै गएको भन्दै चिन्ता व्यक्त गरेका थिए ।

उनीहरुको स्वास्थ्योपचार झन्झटिलो र महङ्गो हुने भएकाले राज्यले नै विशेष नीति अख्तियार गरेर उपचारमा ध्यान दिनुपर्नेमा जोड दिएका थिए । कार्यक्रम मानवअधिकार आयोग पूर्व क्षेत्रीय कार्यालय विराटनगरका निमित्त प्रमुख झङ्कबहादुर रावलको उपस्थितिमा भएको थियो ।