suसेकुवा र सुकुटीले देशविदेशमा चर्चा कमाएको तरहरा इटहरीको गित तयारी भएको छ । देश विदेशमै प्रख्यात वनाउँने उदेश्यले इटहरीको सुकुटी नामक गित तयार भएको हो । इटहरी स्थित तरहरामा लामो समय सम्म शिक्षक पेसामा आवद्ध गायक गोपी दाहालले इटहरीको सुकुटी नामक गित बजारमा ल्याएको हुन । लामो समय देखि नेपाली गीत संगीतको जगतमा कलम चालिरहेका रचनाकार गोपी दाहालले प्रज्वल एल्वममा इटहरीको सुकुटी नामक गित समेटेका छन ।

लामो समय इटहरीको वसाई पछि हाल उनी अमेरिकामा छन । अमेरिकामा रहे पनि नेपाली संगित क्षेत्रलाई उजागर गर्ने नेपाली गित समेटिएको एल्वमहरु बजारमा ल्याएको उनको भनाई थियो । दुई वटा एल्बम निकाली सकेका दाहाल अब तेस्रो एल्बम निकाल्ने तरखरमा रहेको उनको भनाई थियो । भर्खरै मात्र उनको प्रज्वल एल्बममा समावेश अर्को गित “बास गर मेरी माया दिलको छहारीमा” बोलको गीतको म्युजिक भिडियोको छायांकन सकिएको छ ।

उनको शब्द रचना र अम्बेर सुब्बाको कम्पोजिसनमा तयार भएको गीतमा गायक राजेश पायल राईले आफ्नो सुमधुर भरेका छन । रचनाकार गोपी दाहालले स्वयम निर्देशन गरेका छन । गीतमा भानु तिवारी र मुना बस्नेतले उत्कृष्ट अभिनय प्रस्तुत गरेका छन् । गीतमा नन्दु लागुनको नृत्य निर्देशन समावेश रहेको छ ।