sisuविजयपुर/धरान –१६ स्थित कृष्णमन्दिर छेउमा एक नवजात शिशु मृत अबस्थामा फेला परेको छ । सालनालसहित मृत अबस्थमा भेटिएको नवजात शिशुको जन्मने बित्तिकै हत्या गरेर फारीएको हुन सक्ने प्रहरीको अनुमान छ ।

घटनाको बारेमा बिस्तृत अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय धरानका प्रहरी प्रमुख ढकेन्द्र खतिवडाले बताए । शुक्रबार बिहान साढे सात बजे घटनाको बारेमा स्थानियले प्रहरीलाई खबर गरेका थिए । स्थानियहरुले कसैको अबैधसम्बन्धबाट बच्चा जन्मिएको हुन सक्ने अनुमान लगाएका छन्