धरान/पहिलो र दोस्रो विश्वयुद्धमा लडेका युद्धबीरहरुको सम्झनामा मनाइने पप्पी डे शुक्रबार मनाइएको छ । pappy day ब्रिटिस गोर्खा स्मृति पार्कले पुर्खा दिवसको अवसरमा रक्तदान कार्यक्रम गरेको छ । रक्तदानमा ९५पिन्ट रगत संकलन भएको छ । जसमा १९ महिला र अन्य पुरुषले रक्तदान गरेका थिए । जिल्ला रेडक्रस सोसाइटीको प्राविधिक सहयोगका भएको रक्तदानमा सहभागीलाई प्रमाण पत्रसमेत प्रदान गरिएको स्मृतिका परिकल्पनाकार रमेश राईले बताए । पहिलो र दोस्रो विश्वयुद्ध ताका लडाई लडेका पूर्खाहरुले कतिपयले रगत नपाई र कतिपयले प्राथमिक उपचारसमेत नपाई मृत्युको मुखमा पुग्नु परेकाले पनि त्यही स्मरण गर्दै रक्तदान कार्यक्रम गरिएको स्मृति पार्कका सल्लाहकार गजेन्द्र इस्बोले बताए । हरेक वर्ष नोभेम्बर ११ बजेर ११ मिनेटमा पप्पी डे मनाइने गरिन्छ । जसलाई पूर्खा फूलसमेत भनिने गरिन्छ । यस अघि स्मृति पार्कले २०६६ सालमा रक्तदान कार्यक्रम गरेको थियो । ब्रिटिस गोर्खा नेपालले बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको हातामा रहेको सिमेन्ट्रीमा मौन धारण गर्दै पप्पी डे मनाएको छ । गोर्खाहरुको मंगल धुनसहित मौनधारण गरिएको थियो । पार्क २०६५ साल बैसाख १ गतेदेखि निर्माणको काम प्रारम्भ गरेका छन् । जहाँ एकसय ५० देशको माटोहरु संकलित गरी पूर्खाको स्मरण गरिने स्थल बनाइदै छ ।