youwakभद्रपुर/ नेपालमा प्रतिबन्धित भारतीय चिट्ठा सहित एक भारतीय युवक लाई प्रहरीले पक्राउ गरेको छ । भारत दार्जिलिङ्ग खोरीबारी थाना अन्तरगत भजनपुर बस्ने १७ बर्षिय मोहम्मद समिरलाई पक्राउ गरेको सशस्त्र प्रहरी बल सिमा सुरक्षा कार्यालय झापाले जनाएको छ ।

सशस्त्र प्रहरीले समिरको साथबाट भारतीय ४ हजार पर्ने १६ थान चिट्ठा र नगद भारतीय एक हजार ७० रुपैया बरामद गरेको छ । झापाको भद्रपुर सिमा क्षेत्रमा खुल्लेआम भारतीय चिट्ठा बिक्रीवितरण हुने गरेको व्यापक जनगुनासो बढेलगतै सशस्त्र प्रहरी बल सिमा सुरक्षा कार्यालय झापाबाट खटिएको असई तिलक श्रेष्ठ नेतृत्वको टोलीले उनलाई खुल्लेआम चिट्ठा बेचीरहेको अवस्थामा भद्रपुर ५ स्थित भन्सारछेऊबाट शुक्रवार दिउँसो पक्राउ गरेको शसस्त्र प्रहरीका एसपी आनन्द नेम्वाङ्ले बताए ।

पक्राउ परेका समिरलाई चिट्ठा सहित आवश्यक कार्वाहीका लागि जिल्ला प्रहरी कार्यालय झापा बुझाइएको उनले जनाए ।