विजयपुर/नेकपा (एमाले)का महासचिब इश्वर पोख्रेलले प्रधानमन्त्रि पुष्पकमल दाहालले पोलटिकल बिजनेश गर्न थालेको आरोप लगाएका छन् । सरकारका तर्फबाट आफुहरुलाइ संबिधान संसोधन गर्ने कुरा आधिकारीक रुपमा नआएको बताउदै उनले संबिधान संसोधन गर्ने बिषयमा एमालेलाई बिबादास्पद बनाउन ‘पोलटिकल बिजनेश’ गर्न प्रधानमन्त्रि आफै लागेको उनले बताएका हुन् ।
‘हामीलाई कुन कुन बिषयमा कसरी संशोधन गर्ने ’भन्ने बिषय कुनै कुरा आएको छैन महासचिब पोख्रेलले भने ‘ हामीले पटक पटक संबिधान संशोधनको औचित्य सहित आउनुस् अनि धारण दिउला भनेका छौं । संबिधान कार्यान्यनका लािग सुरु गरेको चार महिने अभियान अन्र्तगत शुक्रबार धरानमा दुई दिने प्रशिक्षण कार्यक्रमको उद्घाटन गर्दै पोख्रेलले भने ‘ संबिधान गतिशील भएकाले औचित्य पुष्टि भए एमाले संबिधान संशोधन गर्न तयार हुने बताए ।कुनै ब्यक्ति वा संगठनलाई खुसि पार्नका लागि नभई अभ्यास ,अनुभव र औचित्यका आधारमा संबिधान संशोधन गर्ने पक्षमा एमाले रहेको उनको भनाई थियो ।

अङगिकृतलाई देशको सर्बोच्च पदमा पु¥याउने कुरामा एमाले किर्मथ सहमत नहुने भन्दै हिन्दी भाषालाई राष्ट्रिय भाषा बनाउने कुरामा पनि एमाले असहमत रहेको जनाए । नागरिकताका बिषयमा प्रस्ट्याउदै उनले भने ‘नेपाली चेलीहरु बिबाह भएर भारत गए भने नागरिकता पाउन झण्डै चार बर्ष लाग्छ तर भारतीय चेलीहरु बिबाह गरेर नेपाल आए भने २४ घण्टा भित्रमा नागरिकता पाउन सक्छन्,अब यस मा के नपुगेको हो हामीले बुझेका छैनौं ।नेपालीका बिभिन्न जातजातीका भाषालाई राष्ट्रिय भाषाको रुपमा मान्यता दिनु पर्ने भन्दै उनले हिन्दीलाई राष्ट्रिय भाषाको मान्यता दिन कुनै हालतमा नसकिने बताए ।कार्यक्रममा बोल्दै एमाले नेता तथा पुर्व सुचना तथा सञ्चार मन्त्रि शेरधन राईले राष्ट्रिय स्वभिमानलाई एमालेले सधै उचो राख्ने गरेको भन्दै अब देश बिकाश र संबृद्धिका लागि एक हुनु पर्ने बताए । हरेक नेपालीका अधिकार संबिधानका पानापानामा छन् उनले भने ‘त्यसलाई त्यहाँ लेख् ने मात्र हैन अब कार्यान्वयन गराउनु आबश्यक छ ।संबिधान कार्यान्वय नै अहिलेको मुख्य चुनौती भएको बताउदै उनले संबिधानले गरेको ब्यबस्था र बिषेशताका बारेमा हरेक नागरिकलाई बुझाउनु पर्नेमा जोड दिए । कार्यक्रममा बोल्दै एमाले सचिब तथा एक नम्मर प्रदेशका संयोजक भिम आचार्यले एमालेको चार महिने अभियानले संबिधानका बारेमा छरिएका भ्रमहरु चिरिने बिश्वास ब्यक्त गरे ।
अभियानले एमालेलाई थप मजबुद र लोकप्रिय बनाउने भन्दै पार्टिका हरेक पक्तिंले अभियान सफल बनाउन भुमिका खेल्नु पर्ने बताए । कार्यक्रममा एमालेका केन्द्रिय सदस्य हिकमत कार्कि, बैकल्पिक केन्द्रीय सदस्य जीबन घिमिरे लगायतले बोलेका थिए ।‘राष्ट्रिय एकता,संबृद्धि र स्वाभिमान,संबिधान कार्यान्व्यन एमालेको अभियान’भन्दै एमालेले चार महिने अभियान सुरु गरेको छ । अभियान अन्र्तत देशै भरि कार्यक्रम भइरहेको एमालेले जनाएको छ । अभियान अन्र्तग धरानमा एमाले जिल्ला कमिटीको आयोजनामा छ वटै क्षेत्रका अगुवा कार्यकर्ताको दुई दिने भेला तथा प्रशिक्षण सुरु भएको छ ।