धरान /विभिन्न कारणले कैदमा परेका अभिभावकका छोराछोरीको अधिकारको सुरक्षा गर्ने काम गर्दै आएकी पुष्पा बस्नेतले सीएनएन सुपर हिरोको अवार्ड जितेकी छिन् । सीएनएनले अवार्ड वितरण गरेको १० वर्ष पुगेको अवसर पारेर अवार्ड विजेताहरुमध्येबाट सीएनएन ‘सुपर हिरो’ छानेको हो ।
पुष्पाले यसअघिका चार सीएनएन हिरोहरुलाई पछि पार्दै सीएनएन सुपर हिरो छानिएकी हुन् । उनले सन् २००८ की लीज म्याककार्टनी, २००९ का इफरिन फेनाफ्रलोरिडा, सन् २०१ की रोविन लिम र सन् २०१३ का चाड प्रिजेकलाई पछि पार्द अवार्ड हात पारेकी हुन् । पुष्पाले सन् २०१२ मा सीएनएन हिरो अवार्ड जितेकी थिइन् ।उनी पुतली घर र प्रारम्भिक बाल विकास केन्द्र नामक संस्थाकी संस्थापक अध्यक्ष समेत हुन्।