rekhaधरान /बर्तमान प्रधानमन्त्री तथा माओबादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग खुल्लाम्ञञ्चमा नाचेर माओबादीमा प्रबेश गरेकी नायिक रेखा थापा सोमबार राप्रपामा प्रवेश गरेकी छन् ।

उनले हिन्दु धर्मको रक्षाका लागि राप्रपामा प्रबेश गरेको बताएकी छिन । उनले जनलहर चलेका बेला माओबादीसँग नजिक भएको भएपनि सदस्यता नलिएकाले राप्रपा नै आफ्नो पहिलो पार्टी भएको बताएकी छिन् ।

मैले कहिले पनि माओवादीको सदस्यता लिइनँ उनले भनिन् म “म राप्रपाको छोरी र हिन्दु नारी हुँ,“म कुनै पनि पार्टीको सदस्यता नलिएको स्वतन्त्र व्यक्ति थिएँ । ’तस्वीर रेखा थापाको फेसबुकबाट