sexभेडेटार/यौनजन्य कृयाकलापमा संम्लग्न भइरहेको अबस्थामा धनकुटाको भेडेटार स्थित जेके होटलबाट प्रहरीले तिनजनालाई नियन्त्रणमा लिएको छ ।जिल्ला प्रहरी कार्यालय धनकुटाका प्रहरी उपरीक्षक सुदिपराज भण्डारीको नेतृत्वमा गएको प्रहरी टोलीले भेडेटार–४ स्थित एक होटलमा छापा हानेर उनिहरुलाई नियन्त्रणमा लिएको हो ।

होटलको कोठामा यौन जन्य कार्य गरिरहेको अबस्थामा फेला पारेर दुई युवा र एक युवतीलाई नियन्त्रणमा लिईएको प्रहरी प्रमुख भण्डारीले जानकारी दिएका छन् ।उनिहरुलाई जिल्ला प्रहरी कार्यालयमा राखेर अनुसन्धान अगाडि बढाइएको छ ।पक्राउ परेकी युवती यौन ब्यबसायमा संलग्न रहेको पाइएको प्रहरी श्रोतले जनाएको छ ।अन्य युवाहरु ती युवतीका ग्राहक भएको श्रोतको भनाइ छ ।