धरान /युवा संघ नेपाल रुपन्देही जिल्ला अध्यक्ष दुर्गा तिवारीमाथि गोली प्रहार भएको छ । गोलि प्रहारबाट गम्भिर घाईते भएका तिवारीको चिन्ताजनक अबस्थमा उपचार भईरहेको सुचना प्राप्त भएको छ ।
देवदह नगरपालिकाको खैरेनी बजारमा सोमबार दिउँसो तिवारीमाथि अज्ञात समुहले गोली प्रहार गरेको रुपन्देही प्रहरीले जनाएको छ । रातो पल्सर मोटरसाइकलमा चढेका दुईजना व्यक्तिले गोली हानेर फरार भएको डिएसपी बेलबहादुर पाण्डेले जानकारी दिएका छन् । घटनाबारे थप बिबरण आउन बाकी छ ।