Blast Khabar
  • गृहपृष्ठ
  • निर्वाचन खबर
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • खेलकुद
  • स्वास्थ्य
  • अपराध
  • छापा समाचार
थप विभाग
  • छापा संस्करण
  • अर्थ
  • बिचार
  • सम्पादकीय
  • विशेष
  • अन्तर्राष्ट्रिय / प्रवास
  • अन्तरवार्ता
  • संस्कृति
  • साहित्य
  • ब्लग/रिभ्यु
  • राशिफल
इपेपर विज्ञापन
Blast Khabar
सर्वाधिक लोकप्रिय, निर्भीक, निष्पक्ष र पारदर्शी
  • गृहपृष्ठ
  • निर्वाचन खबर
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • खेलकुद
  • स्वास्थ्य
  • अपराध
  • छापा समाचार
  • छापा संस्करण
  • अर्थ
  • बिचार
  • सम्पादकीय
  • विशेष
  • अन्तर्राष्ट्रिय / प्रवास
  • अन्तरवार्ता
  • संस्कृति
  • साहित्य
  • ब्लग/रिभ्यु
  • राशिफल
  • Home
  • समाचार
  • चितवन निकुञ्जमा ११ अर्ना स्थानान्तरण, तीनवटा ल्याइँदै

चितवन निकुञ्जमा ११ अर्ना स्थानान्तरण, तीनवटा ल्याइँदै

alt
  • माघ २४, २०७३
  • ब्लाष्ट खबर

रत्ननगर (चितवन)/कोसीटप्पु र चिडियाखानाबाट गरी आजसम्म चितवन राष्ट्रिय निकुञ्जमा ११ वटा अर्ना स्थानान्तरण गरिएको छ । कोसीटप्पु वन्यजन्तु आरक्षबाट दुई भालेसहित १० वटा र जावलाखेलको चिडियाखानाबाट एक गरी ११ वटा अर्ना चितवन राष्ट्रिय निकुञ्जमा ल्याइएको हो ।

एउटा भाले अर्ना चिडियाखानाबाट केहीबेरअघि मात्रै निकुञ्ज ल्याइपु¥याइएको चितवन निकुञ्जका प्रमुख रामचन्द्र कँडेलले जानकारी दिए । योसँगै आजसम्म निकुञ्जमा तीन भालेसहित ११ वटा अर्ना आइपुगेको छ । पछिल्लो १२ दिनको अन्तरालमा यसरी अर्ना निकुञ्जमा ल्याएर छाडिएको निकुञ्जका सूचना अधिकारी तथा सहायक संरक्षण अधिकृत नुरेन्द्र अर्यालले जानकारी दिए । उनका अनुसार पहिलो चरणमा अरु थप दुई गरेर १२ वटा अर्ना कोसीबाट ल्याइने भएकाले वन्यजन्तु चिकित्सक र प्रविधिज्ञसहितको टोली कोसीटप्पु वन्यजन्तु आरक्षमा आज बिहानैदेखि खटाइएको छ । निकुञ्जले एक भालेसहित तीनवटा अर्ना चिडियाखानाबाट ल्याउने तयारी गरेको अर्र्यालले जानकारी दिए । “पहिलो चरणमा कोसीबाट १२ वटा र चिडियाखानाबाट तीनवटा गरी १५ वटा अर्ना ल्याइने छ,” अर्यालले भने – बाँकी पाँच अर्ना भने पछि अनुकूल समयमा ल्याइने छ ।” विसं २०७१ मा नै सरकारले चितवनमा पाँच भालेसहित २० वटा अर्ना चितवन निकुञ्ज ल्याउने निर्णय गरेको थियो । निकुञ्ज विभागले यही माघ १२ गतेदेखि अर्ना स्थानान्तरणको काम सुरु गरेको थियो । कोसीबाट चिडियाखानामा समेत आइतबार मात्रै एउटा भाले अर्ना स्थानान्तरण गरिएको चितवन निकुञ्जका प्रमुख संरक्षण अधिकृत रामचन्द्र कँडेलले जानकारी दिए । “एउटा भाले अर्ना कोसीबाट चिडियाखानामा पनि पठाइयो, अब चिडियाखानामा भएको तीन अर्नालाई चितवनमा ल्याउँदै छौँ, प्रमुख कँडेलले भने – दुवै स्थानमा प्रजनन प्रभावकारी बनाउने उद्देश्य हो ।” एक ठाउँबाट अर्काे संरक्षित क्षेत्रमा यसरी अर्ना स्थानान्तरण यो नेपालकै पहिलो हो । यसअघि बाह्रसिङ्गे, कृष्णसार, गैँडा र बाघ स्थानान्तरण गरेको अनुभव प्रविधिज्ञहरुलाई छ । चितवन निकुञ्जमा सन् १९६० को दशक अघि अर्ना रहेको र पछि लोप भएको भन्ने भनाइ छ । निकुञ्ज बनेपछि भने यहाँ अर्ना थिएन । कोसीमा डाट गरेर नियन्त्रणमा लिइएको अर्ना यही माघ १४ गते पहिलोपटक चितवन निकुञ्जमा ल्याएर छाडिएको थियो । अर्ना राख्न चितवनको सौराहास्थित पुरानो पदमपुर क्षेत्रमा ३० हेक्टरको क्षेत्रफल तयार पारी इन्क्लोजर (तारबारले घेरिएको विशेष क्षेत्र) बनाइएको छ ।

रासस

सम्बन्धित समाचार
एसियाली राजमार्ग : ‘आर्क’ प्रविधिका पुल निर्माण

झापा। एसियाली राजमार्ग (एसियन हाइवे) अन्तर्गत काँकरभिट्टा–लौकही सडक योजना ( ...

सैतिस थान राहदानीसहित श्रेष्ठ नियन्त्रणमा

काठमाडौँ । प्रहरीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ३७ थान राहदानीसहि ...

नयाँ भन्सार नीतिप्रति व्यवसायी चिन्तित

धरान । सरकारले ल्याएको ‘नयाँ भन्सार नीति’ प्रति धरानका उद्योगी व्यवसायीहरूल ...

छापा संस्करण [ePaper]
  • भर्खरै
  • लाेकप्रिय
भर्खरै
लोकप्रिय
एसियाली राजमार्ग : ‘आर्क’ प्रविधिका पुल निर्माण
जेठ ६, २०८३
सैतिस थान राहदानीसहित श्रेष्ठ नियन्त्रणमा
जेठ ६, २०८३
नयाँ भन्सार नीतिप्रति व्यवसायी चिन्तित
जेठ ६, २०८३
मदिराले लठ्ठिएर झगडा गर्दा महिलाको मृत्यु
जेठ ६, २०८३
ग्यास बुलेटको ठक्करबाट साइकलयात्रीको मृत्यु
जेठ ६, २०८३
एक सय विद्यार्थीलाई ‘एनसेल एसईई छात्रवृत्ति’
जेठ ६, २०८३
सहकारी पीडितको न्यायका लागि सरकार दृृढ हुनु पर्दछ
जेठ ६, २०८३
आजको राशिफलः २०८३ साल जेठ ६ गते बुधबार
जेठ ६, २०८३
प्रहरीको तीनवर्षे रणनीतिक योजना सार्वजनिकः नागरिक केन्द्रित सेवा प्राथमिकतामा
जेठ ५, २०८३
मन्त्रिपरिषद् निर्णयः नदी किनारका सुकुम्बासीलाई राहत
जेठ ५, २०८३
यूएन नवोदय कलेजमा कोटा निर्धारण
जेठ ५, २०८३
लटरम्म फलेको लिच्ची
जेठ ५, २०८३
वास्तविकतामा आधारित बजेट तय गर्न सांसदहरूको आग्रह
जेठ ५, २०८३
चोरी गर्ने ठुलो गिरोह पक्राउ
जेठ ५, २०८३
झापामा चाइनिज स्याउको अवैध निर्यात
जेठ ५, २०८३
एसियाली राजमार्ग : ‘आर्क’ प्रविधिका पुल निर्माण
जेठ ६, २०८३
सैतिस थान राहदानीसहित श्रेष्ठ नियन्त्रणमा
जेठ ६, २०८३
नयाँ भन्सार नीतिप्रति व्यवसायी चिन्तित
जेठ ६, २०८३
मदिराले लठ्ठिएर झगडा गर्दा महिलाको मृत्यु
जेठ ६, २०८३
ग्यास बुलेटको ठक्करबाट साइकलयात्रीको मृत्यु
जेठ ६, २०८३
एक सय विद्यार्थीलाई ‘एनसेल एसईई छात्रवृत्ति’
जेठ ६, २०८३
सहकारी पीडितको न्यायका लागि सरकार दृृढ हुनु पर्दछ
जेठ ६, २०८३
आजको राशिफलः २०८३ साल जेठ ६ गते बुधबार
जेठ ६, २०८३
प्रहरीको तीनवर्षे रणनीतिक योजना सार्वजनिकः नागरिक केन्द्रित सेवा प्राथमिकतामा
जेठ ५, २०८३
मन्त्रिपरिषद् निर्णयः नदी किनारका सुकुम्बासीलाई राहत
जेठ ५, २०८३
यूएन नवोदय कलेजमा कोटा निर्धारण
जेठ ५, २०८३
लटरम्म फलेको लिच्ची
जेठ ५, २०८३
वास्तविकतामा आधारित बजेट तय गर्न सांसदहरूको आग्रह
जेठ ५, २०८३
चोरी गर्ने ठुलो गिरोह पक्राउ
जेठ ५, २०८३
झापामा चाइनिज स्याउको अवैध निर्यात
जेठ ५, २०८३
भर्खरै
लोकप्रिय
कुलमानलाई हटाइएको विरोधमा धरानमा प्रदर्शन
चैत १२, २०८१
अन्तर्घातले हैन सहयोग गरे मात्र नेता भइन्छ – पूर्व मन्त्री कार्की
जेठ २८, २०८०
स्वस्थ खानपान र जीवनशैलीले मुटु रोगबाट बँच्न सकिन्छ
असोज ८, २०७३
टिप्पणी: नेताको बोलीको बेटुङ्गो
मंसिर १०, २०८१
बालबालिकाद्वारा प्रतिभा प्रदर्शन
असार १८, २०८२
हङकङमा छैटाैं मर्स्याङ्दी नाईट हुने
कार्तिक २५, २०८१
वडाध्यक्षलाई कार्यवाहक विवादः उच्च अदालतमा रिट दर्ता, आजै सुनुवाइ
कार्तिक ४, २०८१
नमस्ते भन्ने कि नमस्कार ?
पुस ७, २०७६
इटहरीमा यौनधन्दाः भारतीय ग्राहकसहित १२ पक्राउ
मंसिर २५, २०७५
एसईई आइडलमा खिना, रोहन र मिसु विजेता
असार ६, २०८२
‘संविधान संशोधनका लागि वर्कआउट हुँदैछ’
पुस २२, २०८१
टिकटकको नयाँ फिचर्स सेवा सुरु
वैशाख २२, २०८२
दुर्गा प्रसाईंलाई साढे सात वर्ष जेल सजाय माग
मंसिर २७, २०८१
धरान राजधानी हुने भो !
फागुन ५, २०७५
राष्ट्रियसभाको अध्यक्षमा दाहाल निर्वाचित
फागुन २९, २०८०
कुलमानलाई हटाइएको विरोधमा धरानमा प्रदर्शन
चैत १२, २०८१
अन्तर्घातले हैन सहयोग गरे मात्र नेता भइन्छ – पूर्व मन्त्री कार्की
जेठ २८, २०८०
स्वस्थ खानपान र जीवनशैलीले मुटु रोगबाट बँच्न सकिन्छ
असोज ८, २०७३
टिप्पणी: नेताको बोलीको बेटुङ्गो
मंसिर १०, २०८१
बालबालिकाद्वारा प्रतिभा प्रदर्शन
असार १८, २०८२
हङकङमा छैटाैं मर्स्याङ्दी नाईट हुने
कार्तिक २५, २०८१
वडाध्यक्षलाई कार्यवाहक विवादः उच्च अदालतमा रिट दर्ता, आजै सुनुवाइ
कार्तिक ४, २०८१
नमस्ते भन्ने कि नमस्कार ?
पुस ७, २०७६
इटहरीमा यौनधन्दाः भारतीय ग्राहकसहित १२ पक्राउ
मंसिर २५, २०७५
एसईई आइडलमा खिना, रोहन र मिसु विजेता
असार ६, २०८२
‘संविधान संशोधनका लागि वर्कआउट हुँदैछ’
पुस २२, २०८१
टिकटकको नयाँ फिचर्स सेवा सुरु
वैशाख २२, २०८२
दुर्गा प्रसाईंलाई साढे सात वर्ष जेल सजाय माग
मंसिर २७, २०८१
धरान राजधानी हुने भो !
फागुन ५, २०७५
राष्ट्रियसभाको अध्यक्षमा दाहाल निर्वाचित
फागुन २९, २०८०
Blast Khabar
Blast Khabar ब्लाष्ट खबर

यो वेवसाइट ब्लाष्ट राष्ट्रिय दैनिकको आधिकारिक न्यूज पोर्टल हो। नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल तथा जीवनका विभिन्न पक्षहरू समेटेको छ।

समाचार
  • गृहपृष्ठ
  • राजनीति
  • राष्ट्रिय
  • समाचार
  • खेलकुद
  • स्वास्थ्य
  • अपराध
  • अर्थ
  • पर्यटन
थप
  • बिचार
  • सम्पादकीय
  • विशेष
  • अन्तर्राष्ट्रिय
  • अन्तरवार्ता
  • संस्कृति
  • साहित्य
  • राशिफल
  • छापा संस्करण
सम्पर्क
ठेगाना धरान-८, औद्योगिक क्षेत्र, सुनसरी
फोन रिसेप्सन: ०२५-५७५४५८
समाचार: ०२५-५३८४३५
विज्ञापन: ०२५-५३८४१४
इमेल blastkhabar2016@gmail.com
विज्ञापनको लागि सम्पर्क

© 2026 Blastkhabar.com — सर्वाधिकार सुरक्षित।
हाम्रोबारे हाम्रो टिम प्रयोगका सर्त विज्ञापन सम्पर्क