श्री शालवाहनीय शाके १९४८ ने.सं. ११४६ वि.सं. २०८३ साल जेठ ६ गते बुधबार, २० मे २०२६, रौद्रनाम संवत्सर। ज्येष्ठ शुक्लपक्षको चतुर्थी तिथि ११ः२९ बजेसम्म, उप्रान्त पञ्चमी, नक्षत्र आद्र्रा ०६ः३१ बजेसम्म, उप्रान्त पुनर्वशु, चन्द्रमा राशि मिथुन, सूर्योदय ०५ः१२ बजे र सूर्यास्त ०६ः४८ बजे हुनेछ ।

मेष (चु, चे, चो, ला, लि, लिु, द, ले, लो, अ)

नयाँ काम प्रारम्भ गर्ने समय छ। मिहिनेतले दिगो फाइदा दिलाउनेछ। पहिलेको उपलब्धिले उत्साह जगाउनेछ। 

वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)

सहयोगीहरूले राम्रो साथ दिनाले चिताएका काम सम्पादन हुनेछन्। उद्योग र व्यापारमा सामान्य फाइदा हुनेछ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)

छोटो समयमा पनि केही प्रतिफल पाइनेछ। तर विश्वास दिलाएर स्रोत फुत्काउनेहरूले धोका दिन सक्छन्।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) 

गोपनीयताका लागि अलि चनाखो रहनुहोला।अध्ययनमा प्रगति हुनेछ भने लेखनमा निखारता आउनेछ। 

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)

आम्दानीका स्रोत बढ्नुका साथै दिगो फाइदा हुने काम गर्ने समय छ। नयाँ काम प्रारम्भ हुनेछ।   

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)

मिहिनेतले सम्मानित स्थान दिलाउनेछ। बोलीको प्रभावले काममा फाइदा दिलाउनेछ। 

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)

विभिन्न भौतिक साधन प्राप्त हुनेछन्। धन तथा ज्ञानको भण्डार बढ्नेछ। जमघटमा सहभागी बन्ने अवसर जुट्नेछ।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)

मिहिनेतको परिणामले आत्मविश्वास बढाउनेछ। विशेष अवसरले प्रसन्नता दिलाउनेछ। 

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)

विशिष्ट व्यक्तिहरूसँग भेटघाट हुनेछ । उपहार प्राप्त हुन सक्छ। आलश्य गर्ने बानीले काम अधुरो रहन सक्छ।  

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)

पछिका लागि जग बसाउने समय छ।पछिका लागि खर्चनु पर्ने समय रहेको हुँदा धेरै रकम जोहो गर्नुपर्ला।  

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)

उठ्नुपर्ने रकम तत्काल उठाउँदा लाभांशमा घाटा लाग्न सक्छ । टाढिनुपरे पनि टाढाका साथीभाइसँग सम्पर्क बढ्नेछ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)

लामो यात्रा गर्ने अवसर जुट्न सक्छ। नयाँ कुरा पाउन केही वस्तु त्याग्नु पर्नेछ। ऋण, कर्जा लिनुपर्ने हुनसक्छ।