पेट्रोलको मुल्य बढाउने तयारी
काठमाडौं । नेपाल आयल निगमले नाफामा फर्किएलगत्तै तेलको मूल्य बढाउने गृहकार्य सुरु गरेको छ । आयल निगमले पेट्रोलको मूल्य बढाउने गरी आपूर्ति मन्त्रालयमा केही दिनमै प्रस्ताव लैजाने गरी गृहकार्य थालेको हो । निगम स्रोतका अनुसार वैशाख लागेपछि चुनावको मुखमा तेलको मूल्य बढाउन नसकिने भएकाले अहिले नै मूल्यवृद्धि गर्न लागिएको हो ।
तर, आयल निगमका प्रवन्धक निर्देशक गोपालबहादुर खड्काले पेट्रोलको मूल्य बढाउने गरी तयारी थालेका हुन् । उनले यसबारे निगमका निर्देशकहरुसँग परामर्श गरिसकेकका छन् । भारतीय बजारमा भन्दा नेपाली बजारुमा तेलको मूल्य सस्तो भएको अर्को तर्क गर्दै निगम मूल्य बढाउने प्रस्तावलाई बलियो बनाउने योजनामा छ ।