धरान/सप्तरी हनुमाननगर ६ मा जंगली हात्तिको आक्रमणबाट दुइ जनाको ज्यान गएको छ । ४ जना घाइते भएका छन् । मंगलबार साढे ९ बजेतिर निस्किएको जंगली हात्तिले हनुमाननगर–५ का २२ वर्षीय रोशनकुमार झा र हनुमाननगर–७ का २८ वर्षीय सञ्जय साफीकाे ज्यान गएको हो । उनीहरुकाे उपचारको क्रममा धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान ज्यान गएको सप्तरीका एसपी अनुराग दिवेदीले जानकारी दिए ।
त्यस्तै साेही ठाउकी १५ वर्षीय रविना खातुन घाइते भएकी छन् । त्यसतै हनुमाननगर–६ का १४ वर्षीय इस्ताक अली, सोही ठाउका सञ्जिवकुमार साह र कालिकरण साह रहेका छन् । उनीहरुको प्रतिष्ठानको आकस्मिक कक्षमा उपचार भइरहेको प्रतिष्ठान पोष्टका प्रमुख सई तिलक गिरीले

बताएका छन् । विहानै हात्ती मानव बस्तीमा प्रवेश गरि वितण्डा मच्चाएकाे थियाे । बजार पसेको हात्तीका कारण स्थानीयवासी आतंकित बनेका छन् ।
प्रहरी र स्थानीय बासिन्दाको संयुक्त प्रयासमा हात्तीलाई बजार क्षेत्रबाट कोशी नदी क्षेत्रतिर धपाइएको छ ।