धरान/धरानमा पहिलो पटक प्रहरीले महिलालाई लागूऔषधसहित पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय धरानको टोलीले बुधबार साँझ धरान–१० देउरलाीकी ३५ वर्षीय कला लिम्बूलाई पक्राउ गरेको हो । उनको साथबाट एभिल ३४ एम्पुल, डाइजेलाब ३४ एम्पुल लुपिजैसिक ३४ एम्पुल बरामद गरेको इप्रका धरानका डिएसपी ढकेन्द्र खतिवडाले बताए । उनका अनुसार महिलाको घरकोठा तलासी लिदा आफु सुत्ने कोठामा कपडाले बेरेर राखेको अवस्थामा फेला पारेको हो । यस्तै चेकजाँचको क्रममा धरान– ८ तिनकुने पोष्टले धरान–१६ का जीवन खड्कालाई लागुऔषधसहित पक्राउ गरेको छ । कम्मरको पेटीमा लुकाई राखेको अवस्थामा नाईट्रोसन ८ ट्याब्लेट, एभिल ५ एम्पुल, डाईजेलाव ५ एम्पुल, लुपिजैसिक ५ एम्पुल फेला पारेको हो । उनीहरुलाई लागूऔषधविरुद्ध मुद्दा चलाइएको छ ।