धरान / स्वतन्त्र न्यायपालिकामाथिको ठाडो हस्तक्षेप भएको भन्दै अधिवक्तासहितले धरानमा महाभियोगको खुलेर विरोध गरेका छन् ।

धरानमा बिहीबार महिला सञ्जाल धरान नगर समितिले गरेको कार्यक्रम मोरङ जिल्ला बार एसोसिएसनका अध्यक्ष लिलाबल्लभ अधिकारीले महाभियोगको खुलेर विरोध गरे । उनले न्यायपालिकामाथिको हस्तक्षेप गरेको भन्दै त्यस्ता दलहरुलाई अव आउने निर्वाचनमा बहिस्कार गर्ने बताए । उनले त्यस्ता दलहरुलाई भोट समेत नदिनको लागि जनतालाई खबरदारी गराएका छन् ।

महाभियोग अबिलम्ब फिर्ता गर लगायतको नाराबाजी गर्दै धरानको लोकतान्त्रिक चौतारीमा प्रदर्शन गरेका थिए । सुनसरी जिल्ला बार एसोसिएनका अध्यक्ष राजु ढकालले भष्टचारी नेताहरुलाई जोगाउन प्रधानन्यायधिसमाथि महाभियोग लगाएको उनको आरोप थियो । उनले महाभियोगविरुद्ध सबै खुलेर लाग्दै यसलाई अबिलम्ब फिर्ता गराउनु पर्ने बताए । सञ्जालकी नगर अध्यक्ष शिला बज्राचार्यले न्यायपालिकामाथिको हस्ताक्षेप मात्रै नभई महिला माथिको हस्तक्षेपको रुपमा पनि आफूहरुले लिएको भन्दै त्यसको खुलेर विरोध गरिन् । उनले महाभियोग अबिलम्ब फिर्ता नलिएसम्म विरोध जारी रहने बताइन् । बुधबारदेखि थालिएको हस्ताक्षर अभियानलाई इलाका प्रशासन कार्यालय मार्फत प्रधानमन्त्री कार्यालय पठाउने तयारी भइरहेको सह सचिव मञ्जु भण्डारीले बताइन् ।