धरान/मताधिकारको प्रयोग गर्दै धरान–१५ को युनाइटेड गोर्खा एकेडेमीले पहिलो पटक ‘युजिए स्टुडेण्ट काउन्सिल’ नामक विद्यार्थीहरुको संगठन निर्माण गरेको छ । [caption id="attachment_43277" align="alignnone" width="1100"] तस्बिरः भाेजराज श्रेष्ठ[/caption] कक्षा ६ देखि १० कक्षासम्मका एकसय ६५ जना विद्यार्थीहरुलाई सहभागी गराउँदै काउन्सिल निर्माण गरेको हो । काउन्सिलमा एक छात्र र एक छात्रा अध्यक्ष रहेको १३ सदस्यीय समिति गठन गरेको हो । छात्रमा ७५ मत प्राप्त गर्दै प्रज्वल लिम्बू विजयी बनेका छन् । उनको निकटतम् प्रतिद्धन्द्धी असिम राईले ५२ मत मात्रै प्राप्त गरेका छन् । त्यस्तै छात्रा तर्फ रेजिना विष्टले ६९ मत प्राप्त गर्दै अध्यक्षमा विजयी बनेका छन् । उनको निकटतम प्रतिद्धन्द्धी वविता गुरुङले ४७ मत प्राप्त गरेकी छन् । त्यस्तै सचिवमा ५५ मत प्राप्त गर्दै लब्ली राई निर्वाचिन बनेकी छन् । सह सचिवमा ७६ मतका साथ रिकिता आले मगर, र कोषाध्यक्षमा रोवर्ट लिम्बूले ८३ मत प्राप्त गर्दै विजयी बनेका छन् । सदस्यहरुमा जेनिस राई, चुडामणी श्रेष्ठ, दिब्या राई, रिकिता थापा मगर, सविना गुरुङ, इसुङ लिम्बू, मनिता गुरुङ, र विन्दु राई निर्वाचित बनेका छन् । उक्त समितिले विद्यार्थीहरुमा आएको समस्यालाई समाधान गर्दै स्कुलमा हुने गरेको समस्याहरु सम्बन्धित प्रशासनलाई राख्ने काम गर्ने छ । विद्यार्थीहरुमा मताधिकार भनेको के हो र मताधिकार प्राप्त पछि जित्नेहरुको कर्तव्य के हुन्छ भन्ने बारेमा जानकारी गराउनको लागि कार्यक्रम गरिएको स्कुलका प्रिन्सिपल पेम्बा शेर्पाले बताएका छन् ।