काठमाडौं/बेलायतका पूर्वफुटबल खेलाडी एलन सेअरेरले सबैभन्दा कम समयमा धेरैजनासँग सेल्फी खिचेर विश्व कीर्तिमान बनाएका छन् ।सेअरेरले गत साता स्कुलका विद्यार्थीहरुको एक समूहसँग सेल्फ पोट्रेट फोटोग्राफ्स (सेल्फी) तीन मिनेटभित्र खिचेर विश्व कीर्तिमान बनाएका हुन् ।
उनले एलन सेअरेर फाउन्डेसनका लागि स्कुले बालबालिकाको सहयोगमा विश्व कीर्तिमान बनाएको गिनिज बुक अफ वर्ल्ड रेकर्डले उल्लेख गरेको छ ।
गिनिज बुककाअनुसार गसफोर्थस्थित साउथ नर्थ क्रिकेट क्लबनजिकै लाइनमा बसेका ३ देखि १८ वर्षका १३४ जना स्कुले बालबालिकासँग तीन मिनेटभित्रमा सेअरेर आफैंले उनको आइफोनमा सेल्फी खिचेका थिए ।
गिनिज बुकका अधिकृत प्रभिन पटेलले सेअरेरलाई विश्व कीर्तिमानको प्रमाणपत्र दिएका छन् । पटेलले विश्व कीर्तिमानमा यस्तो रेकर्ड नयाँ र फरक भएको बताए ।
सेअरेरले यो एक किसिमको चुनौती भएपनि निकै रमाइलो अनुभव गरेको बताए ।
गिनिज बुककाअनुसार यसअघि सबैभन्दा कम समयमा धेरै सेल्फी खिच्ने व्यक्तिको कीर्तिमान भारतका नागरिक सुखप्रित सिंहको नाममा थियो ।
सिंहले गत वषको जनवरी महिनामा हुवाई कम्पनीले दुबईमा आयोजना गरेको कार्यक्रममा कीर्तिमान बनाएका थिए ।
त्यसअघि, यस विधामा कीर्तिमान राख्नेहरुमा चर्चित फुटबल खेलाडीहरु क्रिस्टियानो रोनाल्डो, चर्चित रेस्लर द रकसमेत रहेका थिए ।