धरान/निर्वाचन आयोगले राष्ट्रिय जनता पार्टी नेपाल (राजपा) लाई सरकारसँग सहमति भएको पत्र पाउनासाथ चुनाव चिह्न प्रदान गर्न प्रक्रिया थाल्ने आश्वासन दिएको छ ।
राजपा शीर्ष नेतृत्वसँग आइतबार बहादुरभवनस्थित कार्यालयमै गरेको छलफलमा आयोगका पदाधिकारीले निर्वाचन चिह्न प्राप्तिको प्रक्रिया थाल्ने आश्वासन दिएका हुन् । राजपाले चुनाव चिह्नका लागि एक-दुई दिनमै आयोगमा दल दर्ता गर्ने भएको छ ।आयोग र राजपा नेताबीच पार्टीको दलीय मान्यताका लागि दर्ता प्रक्रिया सम्बन्धमा आइतबार छलफल भएको हो ।
राजपाले संविधान संशोधन, जनसंख्याका आधारमा निर्वाचन क्षेत्र र मधेस आन्दोलनका क्रममा आन्दोलनकारीमाथि लागेको मुद्दा खारेजीको माग गर्दै स्थानीय तहको पहिलो चुनाव बहिष्कार गरेको थियो, आजको अन्नपुर्ण पोस्टमा खबर छ