मुंबई/बलिउड नायिका रानी मुखर्जी फेरी एक पटक ठुलाे पर्दामा देखिने भएकी छिन् ।अहिले 'हिचकी'काे  शूटिंग पुरा भैसकेकाे छ ।   पछिल्लाे समय रानीले ‘मर्दानी’ मा काम गरेकी थिइन् ।  त्यस पछि पर्दामा नदेखिएकी नायिका यस पटक  'हिचकी' मार्फत पुन दर्शककाे मन जित्न अाउदै छिन् ।

फिल्म ‘हिचकी’ मा  सिद्धार्थ पी मल्होत्राकाे डायरेक्डासन रहने छ । फिल्म प्रोड्यूस मनीष शर्माले गरेका हुन्।  यशराज ब्यानरमा बनेकाे याे मनीषकाे  तेस्राे फिल्म  हाे । याे भन्दा पहिले मनीषले   ‘दम लगा के हईशा’ र ‘मेरी प्यारी बिंदू’ प्रोड्यूस गरिसकेकाे छ ।

यशराजले  फिल्मकाे घोषणा गर्ने  दौरानमा ‘हिचकी’ एउटा पोजीटिव र इंस्पाइरिंग कहानी भएकाे फिल्म हाे भनेका छन् ।  फिल्म मार्फत महिलाले अाफ्नाे कमजाेरी कसरी तागतमा परिवर्तन गर्छ भन्ने कुरा देखाइएकाे छ  ।