[caption id="attachment_46860" align="alignleft" width="400"] फायल फाेटाे[/caption]

जुम्ला/तिला गाउँपालिका– ३ स्थित खेतमा आज नवजात शिशुको बेवारिसे शव भेटिएको छ ।

बिहान ६ बजे स्थानीयवासी बालकले खबर गरेपछि नवजात शिशु खेतमा मरेको अवस्थामा भेटिएको कुडारी प्रहरी चौकीका प्रहरी नायब निरीक्षक हिराबहादुर बस्नेतले जानकारी दिए ।

प्रहरी नायब निरीक्षक बस्नेतका अनुसार शिशुलाई जन्मनेबित्तिकै हत्या गरेर नदीमा फालिएको र छेउ लाग्ने क्रममा कुलो भएर खेतमा आएको हुनसक्छ । अवैध शिशु भएकाले यसो गरिएको हुन सक्ने उनले बताए ।

रासस