
काठमाडौं / साउदी अरेबियासहित ७ मुलुकले सम्बन्ध विच्छेद गरेपछि कूटनीतिक समस्या समाधानका लागि वार्तामा आउन कतार सरकारले आह्वान गरेको छ । विदेशमन्त्री मोहम्मद बिन अब्दुल रहमान अल थानीले सबै पक्षले संवादमार्फत मतभेदहरु सुल्झाउनुपर्ने बताएका छन् । यसका साथै, अर्को क्षेत्रीय सङ्गठन खाडी सहयोग परिषद्, कुवेतले संयमित हुन अपील गरेको छ ।
सोमवार आतंकवादलाई सघाइरहेको आरोप लगाउँदै साउदी अरेबिया, बहराईन, संयुक्त अरब इमिरेट्स, यमन, लिबिया, मलेसिया र इजिप्टले कतारसँगका आफ्ना सबै कूटनीतिक सम्बन्धहरु अन्त्य भएको घोषणा गरेका थिए । उनीहरुले कतारले इस्लामिक स्टेट लगायतका आतङ्कवादी समूहलाई सहयोग गरेको आरोप लगाएका छन् । साउदी सरकारी समाचार संस्था एसपीएले रियादले कतारसँगका आफ्ना सबै सीमा, सामुद्रिक र हवाइ सम्पर्क विच्छेद गरिएको बताएको छ ।
बीबीसीको सहयोगमा