धरान/पत्रकार रोहित राईलाई पितृशोक परेको छ । उनका पिता गणेशकुमार राईको ७१ वर्षको उमेरमा निधन भएको छ । मुटु रोगबाट लामो समयदेखि ग्रसित राईको मङ्गलबार बिहान उपचारको क्रममा निधन भएको हो । उनलाई तीन दिन अघि धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारको लागि भर्ना गरिएको थियो । हाल उनको शव प्रतिष्ठानको मर्चरीमा राखिएको छ । उनी २००३ साल असार ६ गते जन्मिएका थिए । भोजपुरमा जन्मिएका उनी लामो समयदेखि धरान–११ र ८ नम्बरमा बस्दै आएका थिए । उनको अन्त्येष्टी बुधबार लाङ्घाली सामुदायिक वन परिषरमा गरिने परिवारले बताएको छ । पत्रकार राई नागरिक दैनिकमा कार्यरत छन् । उनी नेपाल पत्रकार महासंघका केन्द्रीय पार्षद्समेत हुन् ।