रसुवा/नेकपा (एमाले)स्थायी नेता सुरेन्द्रप्रसाद पाण्डेले स्थानीय तहको पहिलो चरणको निर्वाचनमा निर्वाचित पदाधिकारीलाई आज सदरमुकाम धुन्चेमा सम्मान गरेकाे छ ।
आफ्नो दलका तर्फबाट स्थानीय तहमा निर्वाचित गाउँपालिकाका अध्यक्ष, उपाध्यक्ष, वडाध्यक्ष र सदस्यसमेत ७३ जनालाई सम्मान गर्दै नेता पाण्डेले पाएको मतलाई शिरोपर गरी घरदैलामा गई जनसेवामा इमानदारीपूर्वक लाग्न निर्देशन दिए ।
स्थानीय तह, प्रदेश र केन्द्रका प्रमुखमा दुई पटक अर्थात् १० वर्ष र ७० वर्ष उमेरभन्दा बढीका कार्यकर्ताले उम्मेदवार बन्न नपाउने आफ्नो दलको नीति रहेको पनि उनले कार्यकर्तामा जानकारी गराए एमाले जिल्ला सचिव विजय लामाले बताए ।