
काठमाडौं/ स्थानीय नागरिक र प्रवासी मजदुरका लागि कतार सरकारले व्यवस्था गरिसकेको छ । आर्थिक अवस्था राम्रो भएको कतारले विभिन्न देशहरुबाट खाद्य सामग्री आयात गर्छ ।
गल्फका केही देशहरुले कुटनैतिक सम्बन्ध बिगार्दैमा जुन असुविधा उत्पन्न हुने हो त्यसका लागि उसले आवश्यक व्यवस्था मिलाइ सकेको छ । त्यसैले नेपाली कामदारले तत्काल कुनै चिन्ता लिनु पर्दैन् । कतार सरकारले यसबारे विज्ञप्ती पनि जारी गरिसकेको छ । जुन देशहरुबिच असमझदारी छ, त्यसलाई हटाउन सबै पक्ष लागेका पनि छन् । कुटनैतिक सम्बन्धको विच्छेदले कतारको मात्रै होइन, सम्बन्ध विच्छेद गर्ने देशहरुको आन्तरिक अवस्थामा पनि प्रतिकुल असर पर्छ । त्यसैले यो अवस्था धेरैदिनसम्म रहँदैन । उनीहरु दुई पक्षीय, त्रिपक्षीय र बहुपक्षीय वार्ता गरेर छिटो भन्दा छिटो कुटनैतिक सम्बन्ध सुधार गर्छन । हामी कामना गरौं उनीहरुको सम्बन्ध पनि चाँडै सुधार होस् । किनभने कतारसँगै कुटनैतिक सम्बन्ध टुटाउने मुलुकहरुमा पनि हाम्रा कामदार छन् । यो काम चाँडै होला भन्ने मलाई लाग्छ । उडानहरु प्रभावित भए । तर कतारलाई मात्रै यसले प्रभाव पार्दैन । कतार सँगै अरु देशलाई पनि घाटा नै भएको छ । आर्थिक विकासमा कतारसँगै अरु देशहरुलाई पनि प्रभाव पर्छ । त्यसकारणले यो अवस्था धेरै समय रहन्न । धेरै समयसम्म यो अवस्था रहयो भने कतारको निर्माण क्षेत्रमा प्रभाव पर्ला, तर अन्य देश पनि अछुतो रहन सक्दैनन । आयत गर्नेसँगै निर्यात गर्नेलाई पनि प्रभाव पर्छ ।