
काठमाडौं/ प्रधानन्यायाधीश सुशीला कार्कीविरुद्ध लागेको महाभियोग औपचारिक रुपमै फिर्ता भएको छ । मंगलबारको संसद बैठकमा महाभियोग फिर्ताको जानकारी सभामुख ओनसरी घर्तीले गराएकी हुन् । बैठकमा उनले महाभियोग प्रस्ताव फिर्ता गर्न संसदको सहमति रहेको पनि जानकारी गराएकी छन् ।