Blast Khabar
  • गृहपृष्ठ
  • निर्वाचन खबर
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • खेलकुद
  • स्वास्थ्य
  • अपराध
  • छापा समाचार
थप विभाग
  • छापा संस्करण
  • अर्थ
  • बिचार
  • सम्पादकीय
  • विशेष
  • अन्तर्राष्ट्रिय / प्रवास
  • अन्तरवार्ता
  • संस्कृति
  • साहित्य
  • ब्लग/रिभ्यु
  • राशिफल
इपेपर विज्ञापन
Blast Khabar
सर्वाधिक लोकप्रिय, निर्भीक, निष्पक्ष र पारदर्शी
  • गृहपृष्ठ
  • निर्वाचन खबर
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • खेलकुद
  • स्वास्थ्य
  • अपराध
  • छापा समाचार
  • छापा संस्करण
  • अर्थ
  • बिचार
  • सम्पादकीय
  • विशेष
  • अन्तर्राष्ट्रिय / प्रवास
  • अन्तरवार्ता
  • संस्कृति
  • साहित्य
  • ब्लग/रिभ्यु
  • राशिफल
  • Home
  • शिक्षा
  • फर्सीमा के-के पोषक तत्व पाइन्छ ? के फाइदा गर्छ ?

फर्सीमा के-के पोषक तत्व पाइन्छ ? के फाइदा गर्छ ?

alt
  • वैशाख २, २०७५
  • ब्लाष्ट खबर
नेपालमा विभिन्न थरिका तरकारी पाइन्छन्। जसमध्ये फर्सी एउटा मिठो र सजिलै उपलब्ध हुने तरकारी हो। फर्सी मात्र नभएर यसको बियाँ र मुन्टा पनि पोषक तत्वका हिसाबले उत्कृष्ट मानिन्छ। बच्चादेखि बृद्धसम्म सबैले रुचाउने फर्सीमा प्रसस्त मात्रामा पाइने खनिज र भिटामिनले हाम्रो शरीरलाई स्वस्थ र तन्दरुस्त राख्न मद्दत गर्छ। फर्सीमा प्रसस्त मात्रामा ‘बिटा क्यारोटिन’ पाइन्छ, जसले शरीरभित्र ‘भिटामिन ए’मा परिणत भई स्वस्थ आँखा र स्वस्थ मुटुका लागि मद्दत गर्छ। विभिन्न अनुसन्धानबाट बिटा क्यारोटिनले क्यान्सर हुनबाट जोगाउने पनि देखिएको छ। यसैगरी, फार्सीमा प्रसस्त मात्रामा पाइने पोटासियमले हाम्रो शरीरमा रक्तचापको सन्तुलन मिलाउन र हड्डीलाई मजबुत राख्न मद्दत गर्छ। अन्य तरकारीजस्तै फर्सी पनि फाइबरको राम्रो स्रोत हो। दीर्घ रोगहरु ९जस्तै– क्यान्सर, मोटोपना, मुटु रोग, मधुमेह आदि० लाग्न नदिन हाम्रो शरीरलाई साधारणताया दैनिक २५–३० ग्राम फाइबर चाइन्छ। शरीरको यस्तो आवश्यकता परिपूर्ति गर्न पनि फर्सी लाभदायक छ तरकारी हो। क्यालोरी थोरै भए पनि फाइबर आवश्यक मात्रामा हुने भएकाले फर्सी खाएको लामो समयसम्म भोक लाग्दैन र तौल नियन्त्रण प्रक्रियामा सहयोग पुग्छ। यस बाहेक फर्सीमा ‘भिटामिन ई’ र ‘सी’ पनि पाइन्छ, जसले ‘एन्टिअक्सिडेन्ट’का रूपमा हाम्रो शरीरमा काम गर्छ। शारीरिक प्रक्रियाबाट निस्केका ‘फ्री रेडिकल्स’ ९जुन शरीरका लागि हानिकारक हुन्छन्० लाई बढन दिँदैन। यस्तै, फर्सीको बियाँ प्रोटिनको उच्च स्रोत हो। यसमा प्रसस्त मात्रामा जिङ्क पनि पाइन्छ। जिङ्क शरीरका लागि अत्यावश्यक खनिज पदार्थ हो। यसले रोग प्रतिरोधात्मक क्षमता बढाउनुका साथै कोषहरुको वृद्धि, पुरुषहरुको यौनक्षमता वृद्धि र इन्सुलिनको कामलाई नियन्त्रिण गर्न मद्दत गर्छ। जिङ्क गर्भवती महिलाका लागि पनि आवश्यक तत्व मानिन्छ। यसैगरी बियाँमा पाइने ‘अल्फा–लिनोलेनिक एसिड’ले हाम्रो मुटु स्वस्थ राख्न मद्दत गर्छ। अल्फा लिनोलेनिक एसिड हाम्रो शरीरभित्र गएर ‘ओमेगा ३’ र ‘ओमेगा ६’ जस्ता पोषक तत्वमा परिणत हुन्छ। जुन हाम्रो मुटु, आँखा र छालालाई स्वस्थ राख्न अत्यावश्यक छ। फर्सीको बियाँमा ‘ट्रिप्टोफ्यान’ नामक पोषक तत्व पाइन्छ, जुन शरीरभित्र अनुकूल वातावरणमा ‘सेरोटोनिन’ नामक तत्वमा परिणत हुन्छ। सेरोटोनिनले हाम्रो मुड ठीक राख्न र राम्रो निद्रा पार्न मद्दत गर्छ। साथै, सेरोटोनिनले तीक्ष्णता वृद्धि गर्न पनि सघाउने विभिन्न अध्ययनले देखाएका छन्। फर्सीको बियाँमा ‘म्याग्नेसियम’ नामको खनिज पदार्थ प्रसस्त मात्रामा पाइन्छ, जसले मुटुको कार्यमा सहयोग गर्नुका साथै दाँत र हड्डीको उचित विकाशमा मद्दत गर्छ। माथि भनिएका पोषक तत्वसँगै फर्सीको बियाँमा म्यान्गनिज, कप्पर, सेलेनियम, भिटामिन बि, क्याल्सियम पनि पाइन्छ। तर, ध्यान दिनुपर्ने कुरा के हो भने, फर्सीको बियाँमा हुने ‘फाइटिक एसिड’ले माथि उल्लेख गरिएका पोषक तत्वको पाचन क्रियामा बाधा पुर्‍याउने भएकाले दिनहुँजसो खाँदा भिजाएर खानु बढी लाभदायक हुन्छ। फर्सी र यसको बियाँजस्तै फर्सीको मुन्टा पनि उतिकै पोषिलो खानेकुरा हो। फर्सीको मुन्टामा पनि क्याल्सियम, पोटासियम, फस्फोरस, आइरन, म्याग्नेसियम, भिटामिन ए, के, बि, फोलेट, कप्पर, म्यान्गनिज जस्ता तत्व पाइन्छ। फर्सीको मुन्टामा प्रसस्त मात्रामा पाइने आइरनले रोग प्रतिरोधात्मक क्षमता बढाउनुका साथै रक्तअल्पता हुनबाट जोगाउँछ।
सम्बन्धित समाचार
‘नेपालको वर्तमान आर्थिक स्थितिपत्र २०८३’ सार्वजनिक

विजयपुर । मुलुकको वर्तमान समग्र आर्थिक, सामाजिक र शासकीय अवस्थाको मूल्याङ्क ...

त्रासका सुकुम्बासी: ‘विकल्प बिना उठिबास नगरियोस्’

विजयपुर (ब्लाष्ट) सरकारले देशव्यापी रूपमा सुकुम्बासी बस्तीमा डोजर चलाउन थाल ...

लागूऔषधसहित १३ जना पक्राउ

धरान । पूर्वी नेपालका विभिन्न जिल्लामा प्रहरीले सञ्चालन गरेको छुट्टाछुट्टै ...

छापा संस्करण [ePaper]
  • भर्खरै
  • लाेकप्रिय
भर्खरै
लोकप्रिय
‘नेपालको वर्तमान आर्थिक स्थितिपत्र २०८३’ सार्वजनिक
वैशाख १४, २०८३
त्रासका सुकुम्बासी: ‘विकल्प बिना उठिबास नगरियोस्’
वैशाख १४, २०८३
लागूऔषधसहित १३ जना पक्राउ
वैशाख १४, २०८३
महँगीको मारमा निर्माण क्षेत्र
वैशाख १४, २०८३
हात्ती नियन्त्रण गर्न ‘एलिफेन्ट टावर’
वैशाख १४, २०८३
‘औलोमुक्त नेपाल’ को लक्ष्य यथार्थ बनाऊ
वैशाख १४, २०८३
आजको राशिफलः २०८३ साल वैशाख १४ गते सोमबार
वैशाख १४, २०८३
ढकमक्क गुराँसले सजिएको तीनजुरे–मिल्के–जलजले
वैशाख १३, २०८३
सुन्दरहरैंचामा “निलकण्ठ फार्मेसी तथा डाग्नोष्टिक” सञ्चालन
वैशाख १३, २०८३
पूर्वीनाका काँकडभिट्टाबाट सात हजार ६४२ पर्यटक भित्रिए
वैशाख १३, २०८३
भ्याईस र डान्सिङको अडिसन सम्पन्न
वैशाख १३, २०८३
‘लाहुरे जुत्ता’ लामो वर्कसपपछि छायाङ्कनमा जाँदै
वैशाख १३, २०८३
हार्मोन असन्तुलनका कारण मधुमेहजस्ता जटिल रोगहरू बढ्दै
वैशाख १३, २०८३
नेपालमा आयातित औलोका बिरामी बढ्दो
वैशाख १३, २०८३
स्पाको आवरणमा अवैध धन्दा
वैशाख १३, २०८३
‘नेपालको वर्तमान आर्थिक स्थितिपत्र २०८३’ सार्वजनिक
वैशाख १४, २०८३
त्रासका सुकुम्बासी: ‘विकल्प बिना उठिबास नगरियोस्’
वैशाख १४, २०८३
लागूऔषधसहित १३ जना पक्राउ
वैशाख १४, २०८३
महँगीको मारमा निर्माण क्षेत्र
वैशाख १४, २०८३
हात्ती नियन्त्रण गर्न ‘एलिफेन्ट टावर’
वैशाख १४, २०८३
‘औलोमुक्त नेपाल’ को लक्ष्य यथार्थ बनाऊ
वैशाख १४, २०८३
आजको राशिफलः २०८३ साल वैशाख १४ गते सोमबार
वैशाख १४, २०८३
ढकमक्क गुराँसले सजिएको तीनजुरे–मिल्के–जलजले
वैशाख १३, २०८३
सुन्दरहरैंचामा “निलकण्ठ फार्मेसी तथा डाग्नोष्टिक” सञ्चालन
वैशाख १३, २०८३
पूर्वीनाका काँकडभिट्टाबाट सात हजार ६४२ पर्यटक भित्रिए
वैशाख १३, २०८३
भ्याईस र डान्सिङको अडिसन सम्पन्न
वैशाख १३, २०८३
‘लाहुरे जुत्ता’ लामो वर्कसपपछि छायाङ्कनमा जाँदै
वैशाख १३, २०८३
हार्मोन असन्तुलनका कारण मधुमेहजस्ता जटिल रोगहरू बढ्दै
वैशाख १३, २०८३
नेपालमा आयातित औलोका बिरामी बढ्दो
वैशाख १३, २०८३
स्पाको आवरणमा अवैध धन्दा
वैशाख १३, २०८३
भर्खरै
लोकप्रिय
कुलमानलाई हटाइएको विरोधमा धरानमा प्रदर्शन
चैत १२, २०८१
अन्तर्घातले हैन सहयोग गरे मात्र नेता भइन्छ – पूर्व मन्त्री कार्की
जेठ २८, २०८०
स्वस्थ खानपान र जीवनशैलीले मुटु रोगबाट बँच्न सकिन्छ
असोज ८, २०७३
टिप्पणी: नेताको बोलीको बेटुङ्गो
मंसिर १०, २०८१
बालबालिकाद्वारा प्रतिभा प्रदर्शन
असार १८, २०८२
हङकङमा छैटाैं मर्स्याङ्दी नाईट हुने
कार्तिक २५, २०८१
वडाध्यक्षलाई कार्यवाहक विवादः उच्च अदालतमा रिट दर्ता, आजै सुनुवाइ
कार्तिक ४, २०८१
नमस्ते भन्ने कि नमस्कार ?
पुस ७, २०७६
इटहरीमा यौनधन्दाः भारतीय ग्राहकसहित १२ पक्राउ
मंसिर २५, २०७५
एसईई आइडलमा खिना, रोहन र मिसु विजेता
असार ६, २०८२
‘संविधान संशोधनका लागि वर्कआउट हुँदैछ’
पुस २२, २०८१
टिकटकको नयाँ फिचर्स सेवा सुरु
वैशाख २२, २०८२
दुर्गा प्रसाईंलाई साढे सात वर्ष जेल सजाय माग
मंसिर २७, २०८१
धरान राजधानी हुने भो !
फागुन ५, २०७५
राष्ट्रियसभाको अध्यक्षमा दाहाल निर्वाचित
फागुन २९, २०८०
कुलमानलाई हटाइएको विरोधमा धरानमा प्रदर्शन
चैत १२, २०८१
अन्तर्घातले हैन सहयोग गरे मात्र नेता भइन्छ – पूर्व मन्त्री कार्की
जेठ २८, २०८०
स्वस्थ खानपान र जीवनशैलीले मुटु रोगबाट बँच्न सकिन्छ
असोज ८, २०७३
टिप्पणी: नेताको बोलीको बेटुङ्गो
मंसिर १०, २०८१
बालबालिकाद्वारा प्रतिभा प्रदर्शन
असार १८, २०८२
हङकङमा छैटाैं मर्स्याङ्दी नाईट हुने
कार्तिक २५, २०८१
वडाध्यक्षलाई कार्यवाहक विवादः उच्च अदालतमा रिट दर्ता, आजै सुनुवाइ
कार्तिक ४, २०८१
नमस्ते भन्ने कि नमस्कार ?
पुस ७, २०७६
इटहरीमा यौनधन्दाः भारतीय ग्राहकसहित १२ पक्राउ
मंसिर २५, २०७५
एसईई आइडलमा खिना, रोहन र मिसु विजेता
असार ६, २०८२
‘संविधान संशोधनका लागि वर्कआउट हुँदैछ’
पुस २२, २०८१
टिकटकको नयाँ फिचर्स सेवा सुरु
वैशाख २२, २०८२
दुर्गा प्रसाईंलाई साढे सात वर्ष जेल सजाय माग
मंसिर २७, २०८१
धरान राजधानी हुने भो !
फागुन ५, २०७५
राष्ट्रियसभाको अध्यक्षमा दाहाल निर्वाचित
फागुन २९, २०८०
Blast Khabar
Blast Khabar ब्लाष्ट खबर

यो वेवसाइट ब्लाष्ट राष्ट्रिय दैनिकको आधिकारिक न्यूज पोर्टल हो। नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल तथा जीवनका विभिन्न पक्षहरू समेटेको छ।

समाचार
  • गृहपृष्ठ
  • राजनीति
  • राष्ट्रिय
  • समाचार
  • खेलकुद
  • स्वास्थ्य
  • अपराध
  • अर्थ
  • पर्यटन
थप
  • बिचार
  • सम्पादकीय
  • विशेष
  • अन्तर्राष्ट्रिय
  • अन्तरवार्ता
  • संस्कृति
  • साहित्य
  • राशिफल
  • छापा संस्करण
सम्पर्क
ठेगाना धरान-८, औद्योगिक क्षेत्र, सुनसरी
फोन रिसेप्सन: ०२५-५७५४५८
समाचार: ०२५-५३८४३५
विज्ञापन: ०२५-५३८४१४
इमेल blastkhabar2016@gmail.com
विज्ञापनको लागि सम्पर्क

© 2026 Blastkhabar.com — सर्वाधिकार सुरक्षित।
हाम्रोबारे हाम्रो टिम प्रयोगका सर्त विज्ञापन सम्पर्क