सिरहा । सिरहामा नेपालबाट भारततर्फ अवैधरूपमा तस्करी भइरहेको अवस्थामा प्रहरीले मंगलबार विहान भगवानपुर–५ स्थित सीमावर्ती क्षेत्रबाट ठूलो परिमाणमा मदिरा बरामद गरेको छ ।
इलाका प्रहरी कार्यालय लहान र प्रहरी चौकी ठाडीको प्रहरी टोलीले भगवानपुर–५ स्थित अभयकुमार यादवको बाँसघारीमा लुकाई छिपाई राखेको अवस्थामा गौरब नामक मदिरा ३९० बोतल, नुरीशसी नामक मदिरा ३०० बोतल, कस्तुरी ३०० बोतल, रोयलस्ट्याक ३० बोतल र गौल्डेन ओक १५ बोतल बरामद गरेको हो ।
यस्तै इलाका प्रहरी कार्यालय गोलबजारबाट खटिएको टोलीले गोलबजार नगरपालिका–३ स्थित बिष्णुदेव साहको घरमा लुकाई छिपाई राखेको अवस्थामा ८०० लिटर अवैध मदिरा र १ हजार २०० लिटर मदिरा बनाउने कच्चा पदार्थ बरामद गरी नष्ट गरिएको जिल्ला प्रहरी कार्यालय सिरहाका प्रवक्ता प्रहरी नायब उपरिक्षक माधवराज खरेलले जानकारी दिए । त्यस्तै प्रहरीले सिरहा नगरपालिका १ बाट करिब ५० हजार मूल्य बराबरको समान बरामद गरेको छ ।