धरान / धरानस्थित बीपी कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको मेडिसिन विभाग अन्तर्गत मेडिसिन वाड युनिट २ अस्पताल प्रशासनलाई जानकारी विना ५२ बन्द हुदा प्रतिष्ठानलाई लाखौको घाटा भएको छ ।
विभागले अस्पताल प्रशासनलाई कुनै जानकारी नदिई असोज ४ गतेदेखि एक हप्ता र कार्तिक २२ देखि पुस ९ गतेसम्म उक्त वाडमा कुनै विमारी नराखिएको अस्पताल प्रशासनले जनाएकाे छ । ३४ वटा बेड भएको उक्त वाडबाट प्रतिष्ठानलाई प्रति वेड २७५ रुपैया आम्दानी हुदै आएको थियो । ३४ वेडबाट दैनिक ९ हजार ३५० गरि ५२ दिनको ४ लाख ८६ हजार २ सय नोक्सान भएको अस्पताल प्रशासनले जनाएको छ ।
विमारी नराखिएको भन्ने खवर आए पछि अस्पताल निर्देशकले विभागलाई पुस ८ गते पत्र लेखेर मुटु, कलेजो, पेटसम्बन्धिका विमारीहरुलाई उक्त वाडमा राख्न भने पछि ९ गतेदेखि विमारी राख्न थालिएको प्रतिष्ठानका अस्पताल निर्देशक डा. गौरीशंकर साहले जानकारी दिए । यसले प्रतिष्ठानलाई लाखैको नोक्सान गरेको निर्देशक साहले जानकारी दिए ।
यता विभागले भने उक्त वाडमा विमारी लाने लिफ्ट लामो सयमदेखि विग्रिए पनि अस्पताल प्रशासनले नवनाए पछि बन्द गरिएको विभागले जनाएको छ । २५ बर्ष अघि जडान गरिएको उक्त वाडको पुरानो लिफ्ट पटक पटक विग्रदैं आएको छ । तर लिफ्ट विग्रियो भनेर वाडमा विमारी नै नराख्नु मेडिसिन विभागको कमजोरी भएको अस्पतालले जनाएको छ ।
अस्पतालको निर्देशन पछि हाल भने वाडमा विमारी राखिएको छ । विग्रिएको लिफ्ट पनि निर्माण कार्य भईरहेको निर्देशक साहले बताए । लिफ्ट बनाउन टेण्डर प्रक्रियामा जानु पर्ने भएकाले केही समय ढिला भएको उनले बताएका छन् । हाल दुई वटा लिफ्ट मेडिसिन र नाक कान घाटी विभागको वाडमा समस्या भएको र एउटा मर्मत भईरहेको र एउटा प्राविधिकले बनाईरहेको छ । लिफ्ट मर्मतको लागि काठमाण्डौंको इलिभेटर कम्पनिले ठेक्का पाएको थियो ।
यता विभागीय प्रमुख प्राडा सञ्जीव शर्माले लामो समयदेखि लिफ्ट विग्रिएकाले जटिन विमारीलाई माथिल्लो तलामा लान समस्या हुने भएकाले अस्पताललाई जानकारी गराएर बन्द गरेको बताएका छन् ।