Blast Khabar
  • गृहपृष्ठ
  • निर्वाचन खबर
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • खेलकुद
  • स्वास्थ्य
  • अपराध
  • छापा समाचार
थप विभाग
  • छापा संस्करण
  • अर्थ
  • बिचार
  • सम्पादकीय
  • विशेष
  • अन्तर्राष्ट्रिय / प्रवास
  • अन्तरवार्ता
  • संस्कृति
  • साहित्य
  • ब्लग/रिभ्यु
  • राशिफल
इपेपर विज्ञापन
Blast Khabar
सर्वाधिक लोकप्रिय, निर्भीक, निष्पक्ष र पारदर्शी
  • गृहपृष्ठ
  • निर्वाचन खबर
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • खेलकुद
  • स्वास्थ्य
  • अपराध
  • छापा समाचार
  • छापा संस्करण
  • अर्थ
  • बिचार
  • सम्पादकीय
  • विशेष
  • अन्तर्राष्ट्रिय / प्रवास
  • अन्तरवार्ता
  • संस्कृति
  • साहित्य
  • ब्लग/रिभ्यु
  • राशिफल
  • Home
  • अर्थ
  • खुकुरी व्यवसायले फेरिएको दैनिकी

खुकुरी व्यवसायले फेरिएको दैनिकी

alt
  • जेठ २४, २०७६
  • ब्लाष्ट खबर

पुख्र्यौली पेशालाई आधुनीकिकरण र औद्योगीकरण गर्न सके स्वदेशमै मनग्य कमाइ गर्न सकिन्छ भन्ने नमूना उदाहरण हुन्, मन्दिरा भोजपुरे खुकुरी उद्योग बडहरामाल–२ बन्दीपुरका सञ्चालक ४५ वर्षीय टङ्कबहादुर विश्वकर्मा ।

पुस्तौनी रुपमा खुकुरी बनाउँदै आएका विश्वकर्माले खुकुरी व्यवसायबाट मनग्य आम्दानी गर्दै आएका छन् । यही व्यवसायबाट उनले आफ्ना दुई छोरा, एउटी छोरीलाई लेखपढ र राम्रै थातथलोको पनि जोहो गरेका छन् ।

खुकुरी व्यवसायको आम्दानीबाटै विश्वकर्माले आफ्ना जेठा छोरा विष्णुलाई व्यवस्थापनमा स्नातकोत्तर, कान्छो छोरोलाई इञ्जिनीयर र छोरीलाई स्टाफनर्स पढाउन सफल हुनुभएको छ । उनले खुकुरी व्यवसायबाटै जिल्लाकै बडहरामालमा तीनतल्ले पक्की घर जोड्न सफल भएका  छ ।

पुख्र्यौली घर भोजपुरबाट धरान हुँदै विसं २०५५ मा सिरहाको बन्दीपुर आएका विश्वकर्माले खुकुरी निर्माणकार्यलाई व्यावसायिकरूपमा सञ्चालन गरेको बताए । खुकुरीकै कमाइबाट स्थानीय बन्दीपुर बजारमा एउटा सुन पसल जेठो छोराले चलाइरहेका जानकारी दिँदै उनले भने, “जेठो छोरो विष्णु स्थानीय राष्ट्रिय फूलकुमारी महतो उच्च माध्यमिक विद्यालयमा लेखापालको काम पनि गर्छ, बाँकी समय सुन पसलमा बस्छ र फुर्सदको समयमा हामीलाई पनि सघाउँछ ।”

खुकुरी उद्योगमा आफूसहित भोजपुर, खोटाङ र तेह्रथुमका १२ कालिगढले काम गर्ने आएका बताउँदै टङ्कबहादुरले भने, “एक कालिगढ मासिक रु ३० हजारभन्दा बढी कमाउँछन्, सीप र जाँगर भएकालाई विदेशभन्दा आफ्नै ठाउँमा कमाउन सकिन्छ ।” मन्दिरा भोजपुरे खुकुरी उद्योगमा उत्पादन हुने खुकुरीको मूल्य न्यूनतम रु ४०० देखि अधिकतम रु पाँच हजारसम्म पर्ने गरेको छ । “खुकुरी बनाउन मात्रै समस्या हो, अहिलेसम्म बजारको खासै अभाव भएको छैन्”, उनले भने ।

आफूले बनाएका खुकुरी सेना, सशस्त्र प्रहरी क्यम्पमा एकै पटकमा चार–पाँच सय बिक्री हुने गरेका उनले बताए । त्यसबाहेक बर्दिवास, जनकपुर, सर्लाही, वीरगञ्ज, हेटाँैडाका व्यवसायी र छिटपुट ग्राहकले लैजाने गरेका उनले जानकारी दिए ।

पछिल्ला दिनमा मेला महोत्सवलाई पनि बजारका रूपमा लिएको उल्लेख गर्दै उनले भने, “यस्ता मेला तथा महोत्सवमा पनि राम्रो व्यवसाय हुने गरेको छ, गत वर्ष लहानमा भएको सगरमाथा महोत्सवमा रु दुई लाख मूल्य बराबरको कारोबार भयो ।” अत्याधुनिक हतियारको विकास भए पनि खुकुरी व्यवसायमा कुनै फरक नआएको विश्वकर्माको भनाइ छ ।

एक कार्यक्रममा बन्दीपुर आउनुभएका तत्कालीन प्रधानमन्त्री पुष्पकमल दहाल र एनआरएनका तत्कालीन अध्यक्ष उपेन्द्र महतोलाई आफूले बनाएको खुकुरी उपहारका रुपमा दिएको उनले सुनाए । उनेले गर्वका साथ भने, “त्यस समय प्रचण्डलाई खुकुरी उपहार दिएको विषयमा स्थानीयस्तरमा राम्रै चर्चा भएको थियो, त्यसबेला जनयुद्धबाट आउनुभएका प्रधानमन्त्री प्रचण्डलाई खुकुरी उपहार दिन पाए ।” 

सम्बन्धित समाचार
गुफापातालमा ढकमक्क एन्जेलिया

इलामको सूर्योदय नगरपालिका–४ स्थित मेचीबजार नजिकै रहेको पर्यटकीयस्थल गुफापात ...

क्षेत्रीय विज्ञान प्रविधि सम्मेलन हुने

विजयपुर । सुनसरीको धरानस्थित केन्द्रीय प्रविधि क्याम्पस हात्तीसारमा दुई दिन ...

खुवालुङमा माङ्खीसहित सांस्कृतिक संरचनाको शिलान्यास

विजयपुर । खुवालुङ क्षेत्रमा माङ्खीमसहित विभिन्न सांस्कृतिक संरचनाको शिलान्य ...

छापा संस्करण [ePaper]
  • भर्खरै
  • लाेकप्रिय
भर्खरै
लोकप्रिय
गुफापातालमा ढकमक्क एन्जेलिया
वैशाख १६, २०८३
क्षेत्रीय विज्ञान प्रविधि सम्मेलन हुने
वैशाख १६, २०८३
खुवालुङमा माङ्खीसहित सांस्कृतिक संरचनाको शिलान्यास
वैशाख १६, २०८३
निजी फर्मले मल बिक्रीको अभिलेख राखेको भेटिएन
वैशाख १६, २०८३
सेनाको दाबी : विपद् प्रतिकार्य पूर्वतयारीका लागि सुकुम्बासीको तथ्यांक संकलन
वैशाख १६, २०८३
ब्राउन सुगरसहित तीन पक्राउ
वैशाख १६, २०८३
आजको मौसमः कोशी र गण्डकीका एकदुई स्थानमा भारी वर्षाको सम्भावना
वैशाख १६, २०८३
संसद् छलेर अध्यादेश ल्याउँदै सरकार
वैशाख १६, २०८३
कोशी खेलकुद बोर्डः एमाले–काङ्ग्रेसको भागबण्डा नमिल्दा नेतृत्वविहीन
वैशाख १६, २०८३
संरचनात्मक सङ्कटको उजागर
वैशाख १६, २०८३
आजको राशिफलः २०८३ साल वैशाख १६ गते बुधबार
वैशाख १६, २०८३
होटलमा सरकारी कार्यक्रम नगर्न निर्देशन
वैशाख १५, २०८३
भोली तीव्र हावाहुरी सम्भावनाः सतर्कता अपनाउन आग्रह
वैशाख १५, २०८३
बादी समुदायद्वारा ‘लालीबजार’ चलचित्रमा सकारात्मक प्रतिक्रिया
वैशाख १५, २०८३
सेनाको कि जनताको शासन?: सांसद साम्पाङ
वैशाख १५, २०८३
गुफापातालमा ढकमक्क एन्जेलिया
वैशाख १६, २०८३
क्षेत्रीय विज्ञान प्रविधि सम्मेलन हुने
वैशाख १६, २०८३
खुवालुङमा माङ्खीसहित सांस्कृतिक संरचनाको शिलान्यास
वैशाख १६, २०८३
निजी फर्मले मल बिक्रीको अभिलेख राखेको भेटिएन
वैशाख १६, २०८३
सेनाको दाबी : विपद् प्रतिकार्य पूर्वतयारीका लागि सुकुम्बासीको तथ्यांक संकलन
वैशाख १६, २०८३
ब्राउन सुगरसहित तीन पक्राउ
वैशाख १६, २०८३
आजको मौसमः कोशी र गण्डकीका एकदुई स्थानमा भारी वर्षाको सम्भावना
वैशाख १६, २०८३
संसद् छलेर अध्यादेश ल्याउँदै सरकार
वैशाख १६, २०८३
कोशी खेलकुद बोर्डः एमाले–काङ्ग्रेसको भागबण्डा नमिल्दा नेतृत्वविहीन
वैशाख १६, २०८३
संरचनात्मक सङ्कटको उजागर
वैशाख १६, २०८३
आजको राशिफलः २०८३ साल वैशाख १६ गते बुधबार
वैशाख १६, २०८३
होटलमा सरकारी कार्यक्रम नगर्न निर्देशन
वैशाख १५, २०८३
भोली तीव्र हावाहुरी सम्भावनाः सतर्कता अपनाउन आग्रह
वैशाख १५, २०८३
बादी समुदायद्वारा ‘लालीबजार’ चलचित्रमा सकारात्मक प्रतिक्रिया
वैशाख १५, २०८३
सेनाको कि जनताको शासन?: सांसद साम्पाङ
वैशाख १५, २०८३
भर्खरै
लोकप्रिय
कुलमानलाई हटाइएको विरोधमा धरानमा प्रदर्शन
चैत १२, २०८१
अन्तर्घातले हैन सहयोग गरे मात्र नेता भइन्छ – पूर्व मन्त्री कार्की
जेठ २८, २०८०
स्वस्थ खानपान र जीवनशैलीले मुटु रोगबाट बँच्न सकिन्छ
असोज ८, २०७३
टिप्पणी: नेताको बोलीको बेटुङ्गो
मंसिर १०, २०८१
बालबालिकाद्वारा प्रतिभा प्रदर्शन
असार १८, २०८२
हङकङमा छैटाैं मर्स्याङ्दी नाईट हुने
कार्तिक २५, २०८१
वडाध्यक्षलाई कार्यवाहक विवादः उच्च अदालतमा रिट दर्ता, आजै सुनुवाइ
कार्तिक ४, २०८१
नमस्ते भन्ने कि नमस्कार ?
पुस ७, २०७६
इटहरीमा यौनधन्दाः भारतीय ग्राहकसहित १२ पक्राउ
मंसिर २५, २०७५
एसईई आइडलमा खिना, रोहन र मिसु विजेता
असार ६, २०८२
‘संविधान संशोधनका लागि वर्कआउट हुँदैछ’
पुस २२, २०८१
टिकटकको नयाँ फिचर्स सेवा सुरु
वैशाख २२, २०८२
दुर्गा प्रसाईंलाई साढे सात वर्ष जेल सजाय माग
मंसिर २७, २०८१
धरान राजधानी हुने भो !
फागुन ५, २०७५
राष्ट्रियसभाको अध्यक्षमा दाहाल निर्वाचित
फागुन २९, २०८०
कुलमानलाई हटाइएको विरोधमा धरानमा प्रदर्शन
चैत १२, २०८१
अन्तर्घातले हैन सहयोग गरे मात्र नेता भइन्छ – पूर्व मन्त्री कार्की
जेठ २८, २०८०
स्वस्थ खानपान र जीवनशैलीले मुटु रोगबाट बँच्न सकिन्छ
असोज ८, २०७३
टिप्पणी: नेताको बोलीको बेटुङ्गो
मंसिर १०, २०८१
बालबालिकाद्वारा प्रतिभा प्रदर्शन
असार १८, २०८२
हङकङमा छैटाैं मर्स्याङ्दी नाईट हुने
कार्तिक २५, २०८१
वडाध्यक्षलाई कार्यवाहक विवादः उच्च अदालतमा रिट दर्ता, आजै सुनुवाइ
कार्तिक ४, २०८१
नमस्ते भन्ने कि नमस्कार ?
पुस ७, २०७६
इटहरीमा यौनधन्दाः भारतीय ग्राहकसहित १२ पक्राउ
मंसिर २५, २०७५
एसईई आइडलमा खिना, रोहन र मिसु विजेता
असार ६, २०८२
‘संविधान संशोधनका लागि वर्कआउट हुँदैछ’
पुस २२, २०८१
टिकटकको नयाँ फिचर्स सेवा सुरु
वैशाख २२, २०८२
दुर्गा प्रसाईंलाई साढे सात वर्ष जेल सजाय माग
मंसिर २७, २०८१
धरान राजधानी हुने भो !
फागुन ५, २०७५
राष्ट्रियसभाको अध्यक्षमा दाहाल निर्वाचित
फागुन २९, २०८०
Blast Khabar
Blast Khabar ब्लाष्ट खबर

यो वेवसाइट ब्लाष्ट राष्ट्रिय दैनिकको आधिकारिक न्यूज पोर्टल हो। नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल तथा जीवनका विभिन्न पक्षहरू समेटेको छ।

समाचार
  • गृहपृष्ठ
  • राजनीति
  • राष्ट्रिय
  • समाचार
  • खेलकुद
  • स्वास्थ्य
  • अपराध
  • अर्थ
  • पर्यटन
थप
  • बिचार
  • सम्पादकीय
  • विशेष
  • अन्तर्राष्ट्रिय
  • अन्तरवार्ता
  • संस्कृति
  • साहित्य
  • राशिफल
  • छापा संस्करण
सम्पर्क
ठेगाना धरान-८, औद्योगिक क्षेत्र, सुनसरी
फोन रिसेप्सन: ०२५-५७५४५८
समाचार: ०२५-५३८४३५
विज्ञापन: ०२५-५३८४१४
इमेल blastkhabar2016@gmail.com
विज्ञापनको लागि सम्पर्क

© 2026 Blastkhabar.com — सर्वाधिकार सुरक्षित।
हाम्रोबारे हाम्रो टिम प्रयोगका सर्त विज्ञापन सम्पर्क