Blast Khabar
  • गृहपृष्ठ
  • निर्वाचन खबर
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • खेलकुद
  • स्वास्थ्य
  • अपराध
  • छापा समाचार
थप विभाग
  • छापा संस्करण
  • अर्थ
  • बिचार
  • सम्पादकीय
  • विशेष
  • अन्तर्राष्ट्रिय / प्रवास
  • अन्तरवार्ता
  • संस्कृति
  • साहित्य
  • ब्लग/रिभ्यु
  • राशिफल
इपेपर विज्ञापन
Blast Khabar
सर्वाधिक लोकप्रिय, निर्भीक, निष्पक्ष र पारदर्शी
  • गृहपृष्ठ
  • निर्वाचन खबर
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • खेलकुद
  • स्वास्थ्य
  • अपराध
  • छापा समाचार
  • छापा संस्करण
  • अर्थ
  • बिचार
  • सम्पादकीय
  • विशेष
  • अन्तर्राष्ट्रिय / प्रवास
  • अन्तरवार्ता
  • संस्कृति
  • साहित्य
  • ब्लग/रिभ्यु
  • राशिफल
  • Home
  • समाज
  • नदीमा सिधै फोहर पानी मिसाउन नपाइने, एक बर्ष कैददेखि पाँच लाखसम्म जरिवाना

नदीमा सिधै फोहर पानी मिसाउन नपाइने, एक बर्ष कैददेखि पाँच लाखसम्म जरिवाना

alt
  • असार २२, २०७६
  • रासस
 
काठमाडाै‌ /  सरकारले खानेपानी तथा सरसफाइको क्षेत्रमा काम गर्ने गरी खानेपानी मन्त्रालय स्थापना गरेपछि छुट्टै ऐन भने थिएन । कतिपय अवस्थामा ऐनको अभावमा काम गर्नसमेत समस्या पर्दै आएको थियो । सोही सन्दर्भमा खानेपानीमन्त्री बीना मगरले आज संसद्मा ‘खानेपानी तथा सरसफाइ विधेयक २०७५’ संसद्मा पेश गरेकी हुन ।
उपभोक्तालाई गुणस्तरयुक्त पानी उपलब्ध गराउनुपर्ने प्रावधान राखेर मन्त्री मगरले खानेपानीसम्बन्धी छुट्टै कानून आइतबार संसद्मा पेश गर्नुभएको हो । खानेपानीमा निजी क्षेत्रलाई पनि समावेश गराउने र यसलाई बिजुली जस्तै निर्यात गर्न सकिने प्रावधान विधेयकमा राखिएको छ । पानी पिउन पाउने नागरिकको मौलिक हकका रूपमा संविधानमा गरिएको व्यवस्थाअनुसार पानीको वितरण, गुणस्तर, शुल्क निर्धारणजस्ता विषय विधेयकमा समेटिएको छ । कसैले खानेपानी तथा सरसफाइ सेवा प्रदान गर्न, आयोजना वा सेवा प्रणालीको सर्वेक्षण, निर्माण, सञ्चालन तथा व्यवस्थापन गर्न र खानेपानीको स्रोतको सार्वजनिक, संस्थागत तथा व्यावसायिक उपयोग गर्न वा गराउन चाहेमा यस विधेयकबमोजिम अनुमतिपत्र लिनुपर्ने व्यवस्था गरिएको छ ।
नियमित रुपमा खानेपानी तथा सरसफाइ सेवा उपलब्ध नगराएमा, खानेपानी तथा सरसफाइ सेवा प्रदान गरेबापत तोकिएभन्दा बढी शुल्क लिएमा र नियम विपरीत अन्य कुनै काम गरेमा अनुमतिपत्र खारेज हुने व्यवस्था विधेयकमा छ । यस्तै गुणस्तरहीन खानेपानी वितरण गरे वा त्यसबाट स्वास्थ्यमा असर परे उपभोक्तालाई क्षतिपूर्ति दिनुपर्नेछ । यस्तो क्षतिपूर्ति पाउन उपभोक्ता अदालतसमेत जान सक्ने व्यवस्था गरिएको छ । खास क्षेत्रका उपभोक्ता वा सीमान्तकृत समुदायमा जडित धाराको महसुल घटाउन वा मिनाहा दिन सकिने व्यवस्थासमेत विधेयकमा छ । यो विधेयक पारित भए खानेपानी वितरण गरिरहेका निजी क्षेत्रका ट्याङ्कर यही कानूनअन्तर्गत सञ्चालन हुनेछन् । कानूनअनुसार सरकारले गठन गरेको खानेपानी महसुल निर्धारण आयोगले तोकेको शुल्कलाई आधार मान्नुपर्नेछ ।
तोकिएको निकायबाट स्वीकृति लिएर निजी कम्पनीले पनि खानेपानी वितरणको संरचना बनाई यसको बिक्रीवितरण गर्न पाउनेछन् । अनुमति प्राप्त संस्थाले आपसी सम्झौता गरी घरायसी, सार्वजनिक, संस्थागत, व्यावसायिक तथा औद्योगिक प्रयोजनका लागि प्रशोधित, अर्ध प्रशोधित वा अप्रशोधित पानी थोक रुपमा खरीदबिक्री गर्न पाउने विधेयकमा व्यवस्था गरिएको खानेपानीमन्त्री मगरले जानकारी दिनुभयो । खानेपानीको स्वच्छताका लागि सरकारले प्रयोगशाला स्थापना गरेर गुणस्तर कायम गर्नेछ । अनुगमन प्रभावकारी बनाउन सरकारले मन्त्रालयका कुनै कर्मचारीलाई निरीक्षक तोक्नेछ । विधेयकअनुसार अब मानव मलमूत्रसहित वा मलमूत्ररहित फोहर पानी सिधै नदी, खोला, ताल, तलैया, जलाशय वा सार्वजनिक जग्गामा मिसाउन नपाउने व्यवस्था गरिएको छ ।
फोहरपानी ढल निकास प्रणालीमा मिसाउनुपर्ने भएमा प्रशोधन गरी तोकिएको मापदण्डअनुसार मात्रै मिसाउन पाइनेछ ।  यदि कसैले फोहर पानी प्रशोधन नगरी सिधै नदी, ताल तलैया, जलाशय वा सार्वजनिक जग्गामा मिसाएको पाइएमा तीन महीनादेखि एक वर्षसम्म कैद वा पाँच लाख रुपैयाँसम्म जरिवाना वा दुवै सजाय हुन सक्ने व्यवस्था छ । त्यस्तै विधेयक पारित भएपछि विदेशमा खानेपानीको निर्यात गर्न बाटो खुल्नेछ । नेपाल सरकार वा अनुमतिपत्र प्राप्त संस्था वा कम्पनीले बोतलबन्द वा थोक खानेपानीको निर्यात तथा व्यापार गर्न सक्ने विधेयकमा व्यवस्था छ ।
सम्बन्धित समाचार
आजदेखि सङ्घीय संसद्को बजेट अधिवेशन

काठमाडौँ । सङ्घीय संसद्को बजेट अधिवेशन आजदेखि सुरु हुँदैछ ।सङ्घीय संसद्का म ...

कार्ययोजनासहित नियुक्तिः सरकारको नयाँ अभ्यास

सरकारले राष्ट्रिय सहकारी नियमन प्राधिकरणको अध्यक्ष तथा विज्ञ सदस्य नियुक्ति ...

आजको राशिफलः २०८३ साल वैशाख २८ गते सोमबार

श्री शालवाहनीय शाके १९४८ ने.सं. ११४६ वि.सं. २०८३ साल वैशाख २८ गते सोमबार, १ ...

छापा संस्करण [ePaper]
  • भर्खरै
  • लाेकप्रिय
भर्खरै
लोकप्रिय
आजदेखि सङ्घीय संसद्को बजेट अधिवेशन
वैशाख २८, २०८३
कार्ययोजनासहित नियुक्तिः सरकारको नयाँ अभ्यास
वैशाख २८, २०८३
आजको राशिफलः २०८३ साल वैशाख २८ गते सोमबार
वैशाख २८, २०८३
सुरक्षित स्थानमा स्थानान्तरण गरी भूमिहीनलाई लालपूर्जा उपलब्ध गराउँछौँः सभापति लामिछाने
वैशाख २७, २०८३
एसइईको नतिजा बैशाखभित्र नै सार्वजनिकः राष्ट्रिय परीक्षा बोर्ड
वैशाख २७, २०८३
स्थानीय तहलाई भूमि प्रशासन सेवा अनुमतिः दक्ष जनशक्ति र पूर्वाधार मुख्य समस्या
वैशाख २७, २०८३
बराह सहकारी पीडितद्वार रकम फिर्ताको माग
वैशाख २७, २०८३
साकेला सिली नाच्दै,
वैशाख २७, २०८३
गुफा पोखरी
वैशाख २७, २०८३
एसइई दिएका विद्यार्थीका लागि प्राविधिक शिक्षा मेला हुँदै
वैशाख २७, २०८३
हरेक रात आउन थाले हात्तीको बथान, बाहुनडाँगीका स्थानीय त्रसित
वैशाख २७, २०८३
ब्राउन सुगरसहित ५ जना पक्राउ
वैशाख २७, २०८३
भन्सार छलिको सामानसहित म्याजिक भ्यान नियन्त्रणमा
वैशाख २७, २०८३
झापामा टिपर र बस ठोक्किँदा १० जना घाइते
वैशाख २६, २०८३
सात फरार प्रतिवादी पक्राउ
वैशाख २६, २०८३
आजदेखि सङ्घीय संसद्को बजेट अधिवेशन
वैशाख २८, २०८३
कार्ययोजनासहित नियुक्तिः सरकारको नयाँ अभ्यास
वैशाख २८, २०८३
आजको राशिफलः २०८३ साल वैशाख २८ गते सोमबार
वैशाख २८, २०८३
सुरक्षित स्थानमा स्थानान्तरण गरी भूमिहीनलाई लालपूर्जा उपलब्ध गराउँछौँः सभापति लामिछाने
वैशाख २७, २०८३
एसइईको नतिजा बैशाखभित्र नै सार्वजनिकः राष्ट्रिय परीक्षा बोर्ड
वैशाख २७, २०८३
स्थानीय तहलाई भूमि प्रशासन सेवा अनुमतिः दक्ष जनशक्ति र पूर्वाधार मुख्य समस्या
वैशाख २७, २०८३
बराह सहकारी पीडितद्वार रकम फिर्ताको माग
वैशाख २७, २०८३
साकेला सिली नाच्दै,
वैशाख २७, २०८३
गुफा पोखरी
वैशाख २७, २०८३
एसइई दिएका विद्यार्थीका लागि प्राविधिक शिक्षा मेला हुँदै
वैशाख २७, २०८३
हरेक रात आउन थाले हात्तीको बथान, बाहुनडाँगीका स्थानीय त्रसित
वैशाख २७, २०८३
ब्राउन सुगरसहित ५ जना पक्राउ
वैशाख २७, २०८३
भन्सार छलिको सामानसहित म्याजिक भ्यान नियन्त्रणमा
वैशाख २७, २०८३
झापामा टिपर र बस ठोक्किँदा १० जना घाइते
वैशाख २६, २०८३
सात फरार प्रतिवादी पक्राउ
वैशाख २६, २०८३
भर्खरै
लोकप्रिय
कुलमानलाई हटाइएको विरोधमा धरानमा प्रदर्शन
चैत १२, २०८१
अन्तर्घातले हैन सहयोग गरे मात्र नेता भइन्छ – पूर्व मन्त्री कार्की
जेठ २८, २०८०
स्वस्थ खानपान र जीवनशैलीले मुटु रोगबाट बँच्न सकिन्छ
असोज ८, २०७३
टिप्पणी: नेताको बोलीको बेटुङ्गो
मंसिर १०, २०८१
बालबालिकाद्वारा प्रतिभा प्रदर्शन
असार १८, २०८२
हङकङमा छैटाैं मर्स्याङ्दी नाईट हुने
कार्तिक २५, २०८१
वडाध्यक्षलाई कार्यवाहक विवादः उच्च अदालतमा रिट दर्ता, आजै सुनुवाइ
कार्तिक ४, २०८१
नमस्ते भन्ने कि नमस्कार ?
पुस ७, २०७६
इटहरीमा यौनधन्दाः भारतीय ग्राहकसहित १२ पक्राउ
मंसिर २५, २०७५
एसईई आइडलमा खिना, रोहन र मिसु विजेता
असार ६, २०८२
‘संविधान संशोधनका लागि वर्कआउट हुँदैछ’
पुस २२, २०८१
टिकटकको नयाँ फिचर्स सेवा सुरु
वैशाख २२, २०८२
दुर्गा प्रसाईंलाई साढे सात वर्ष जेल सजाय माग
मंसिर २७, २०८१
धरान राजधानी हुने भो !
फागुन ५, २०७५
राष्ट्रियसभाको अध्यक्षमा दाहाल निर्वाचित
फागुन २९, २०८०
कुलमानलाई हटाइएको विरोधमा धरानमा प्रदर्शन
चैत १२, २०८१
अन्तर्घातले हैन सहयोग गरे मात्र नेता भइन्छ – पूर्व मन्त्री कार्की
जेठ २८, २०८०
स्वस्थ खानपान र जीवनशैलीले मुटु रोगबाट बँच्न सकिन्छ
असोज ८, २०७३
टिप्पणी: नेताको बोलीको बेटुङ्गो
मंसिर १०, २०८१
बालबालिकाद्वारा प्रतिभा प्रदर्शन
असार १८, २०८२
हङकङमा छैटाैं मर्स्याङ्दी नाईट हुने
कार्तिक २५, २०८१
वडाध्यक्षलाई कार्यवाहक विवादः उच्च अदालतमा रिट दर्ता, आजै सुनुवाइ
कार्तिक ४, २०८१
नमस्ते भन्ने कि नमस्कार ?
पुस ७, २०७६
इटहरीमा यौनधन्दाः भारतीय ग्राहकसहित १२ पक्राउ
मंसिर २५, २०७५
एसईई आइडलमा खिना, रोहन र मिसु विजेता
असार ६, २०८२
‘संविधान संशोधनका लागि वर्कआउट हुँदैछ’
पुस २२, २०८१
टिकटकको नयाँ फिचर्स सेवा सुरु
वैशाख २२, २०८२
दुर्गा प्रसाईंलाई साढे सात वर्ष जेल सजाय माग
मंसिर २७, २०८१
धरान राजधानी हुने भो !
फागुन ५, २०७५
राष्ट्रियसभाको अध्यक्षमा दाहाल निर्वाचित
फागुन २९, २०८०
Blast Khabar
Blast Khabar ब्लाष्ट खबर

यो वेवसाइट ब्लाष्ट राष्ट्रिय दैनिकको आधिकारिक न्यूज पोर्टल हो। नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल तथा जीवनका विभिन्न पक्षहरू समेटेको छ।

समाचार
  • गृहपृष्ठ
  • राजनीति
  • राष्ट्रिय
  • समाचार
  • खेलकुद
  • स्वास्थ्य
  • अपराध
  • अर्थ
  • पर्यटन
थप
  • बिचार
  • सम्पादकीय
  • विशेष
  • अन्तर्राष्ट्रिय
  • अन्तरवार्ता
  • संस्कृति
  • साहित्य
  • राशिफल
  • छापा संस्करण
सम्पर्क
ठेगाना धरान-८, औद्योगिक क्षेत्र, सुनसरी
फोन रिसेप्सन: ०२५-५७५४५८
समाचार: ०२५-५३८४३५
विज्ञापन: ०२५-५३८४१४
इमेल blastkhabar2016@gmail.com
विज्ञापनको लागि सम्पर्क

© 2026 Blastkhabar.com — सर्वाधिकार सुरक्षित।
हाम्रोबारे हाम्रो टिम प्रयोगका सर्त विज्ञापन सम्पर्क