धनकुटा / धनकुटा नगरपालिका वडा नं.९ वेलहरामा भदाको विवाह खाएर फर्कने क्रममा लडेर स्थानिय एक वृद्धको वुधवार राती मृत्यु भएको छ ।
भदा सुवास तामाङको घरवाट विवाह खाएर फर्कदै गर्दा सोही वडाका वर्ष ६३ का रिकमान तामाङको वाटोमा लडेर गम्भिर घाईते भएका थिए । वेलहारा स्वास्थ्य चौकीमा प्रथामिक उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।
रिकमान आफ्नी छोरीसंग भदाको घरवाट विवाह खाएर घर आउने क्रममा वाटोमा लडेर गम्भिर घाईते भएका थिए । उनलाई तत्काल उपचारको लागी स्वास्थ्य चौकी लगीएको तर उपचारको क्रममा मृत्यु भएको उनका आफन्त किरण तामाङले वताए । घरआउने क्रममा अचानक लड्दा उनको घाँटीको किल्किलेमा गम्भिर चोट लागेको प्रहरीले वताएको छ । उनको विहिवार जिल्ला अस्पताल धनकुटामा पोष्टमार्टम गरी आफन्तलाई जिम्मालगाइएको थियो ।