ब्लाष्टखबर  । धरान ११ मा घरको कोठामा मृत्त फेला परेकी सोनी हाङ्मा लिम्बुकाे घटनाका अनुसन्धानकालागी भन्दै प्रहरीले ४ जनालाई नियन्त्रणमा  लिएकाे छ । 

सिंगापुर लाहुरेसँग विवाह गरेकी सोनीको घर पटिका आफन्तले उनले आत्महत्या गरेको अाएका भएपनि माइती पक्षले हत्या भएकाे दावी गर्दै हिजो किटानी जाहेरी दिएका थिए ।

साेहि जाहेरीका आधारमा प्रहरीले ससुरा ६१ बर्षीय भीम माबो छन् भने देवर २० बर्षीय हेमकुमार माबो, केटाकी दिदी २८ बर्षीया सञ्जु माबो र २५ बर्षीया विमला माबोलाई नियन्त्रणमा लिएकाे प्रहरी निरीक्षक हेमराज ओलीले जानकारी दिएका छन् ।

पक्राउ परेका उनीहरूलाई भोलि जिल्ला अदालत सुनसरीमा म्याद थप गर्ने  प्रहरी निरीक्षक ओलीले बताएका छन् । 

तीन महिना अघि विवाह गरेकी सोनीकाे शव सोमबार घरको कोठामा प्रहरीले फेला परेकाे थियाे । परिवारले भने सलले पंखामा पाशो लगाएर झुण्डिएको अवस्थामा देखेको र छिमेकी एक युवती आएर पासो खोलेर खाटमा राखेको बताउदै आएका छन् ।