पथरी / धिमाल जातीय विकास केन्द्र कानेपोखरी गाउँ समितिको प्रथम अधिवेसनले पूनः प्रकास धिमाल चयन भएका छन् ।
वडा नं. ५ को धिमाल समुदाय भवनमा सम्पन्न अधिवेशनले तीन वर्षे कार्यकालको लागि वर्तमान अध्यक्ष प्रकास धिमाललाई नै निर्विरोध रुपमा पून ः अध्यक्षमा चयन गरेको हो ।
त्यसैगरी नयाँ कार्य समितिको उपाध्यक्षमा चन्द्रि देबी धिमाल, सचिबमा अनिल धिमाल, सहसचिबमा आनन्द धिमाल र कोषाअध्यक्षमा प्रमिला धिमाल रहेका छन् ।
त्यसैगरी सदस्यहरुमा सिता धिमाल, रिना धिमाल, सुबर्न धिमाल, राज कुमार धिमाल, सरोज धिमाल, सृजन धिमाल र सुकदेब धिमाल सर्वसहमतिले निर्वाचित भएका छन् । नयाँ समितिमा पुरानै कार्य समिति धेरै दोहोरिएका छन् ।
अधिवेशनका प्रमुख अतिथिमा धिमाल जातीय बिकास केन्द्र सदस्य तथ महिला तथा बालबालिका बिभागिया प्रमुखÞ रत्नमाया धिमाल रहका थिए । त्यसैगरी विशिष्ट अतिथिमा धिमाल जातीय विकास केन्द्रीय महासचिब केदार धिमाल, केन्द्रीय सदस्य तथा परियोजना बिभागिय सदस्य पम्फा धिमाल रहेका थिए ।
त्यसैगरी अतिथिहरुमा नेकपा कानेपोखरी गाउँ ईनचार्ज राजेन्द्र कुमार मण्डल, मोरङ जिल्ला अध्यक्ष पित बहादु धिमाल, झापा जिल्ला सचिब मणिराज धिमाल, पथरी नगर समितिका सचिब तारी लाल धिमाल, किरात राई योयाखा केंन्द्रीय सदस्य नबीन राई, आदिवासी जनाजाती पत्रकार महासंघ(फोनिज) १ नम्बर प्रदेशका अध्यक्ष अर्जुन जम्मेली राई रहेका थिए ।
धिमाल महिला संघ केन्द्रिय समितिको अध्यक्षमा मञ्जु धिमाल
धिमाल महिला केन्दिय समितिको तेस्रो अधिवेसनले मञ्जु धिमाललाई नयाँ कार्यसमितिको अध्यक्षमा चयन गरेको छ ।
उर्लाबारी–३ को धिमाल जातीय विकास केन्द्रमा शुक्रबार सम्पन्न अधिवेशनले मञ्जु धिमाललाई अध्यक्षमा निर्विरोध चयन गरेको हो । त्यसैगरी नयाँ कार्य समितिको उपाध्यक्षमा रोमान्सी धिमाल, सचिवमा रिना धिमाल, सहसचिवमा सविता धिकाल र कोषाध्यक्षमा चन्द्रमाया धिमाल चयन भएका छन् ।
त्यसैगरी सदस्यहरुमा सञ्जना धिमाल, मनिता धिमाल, सुशिला धिमाल, राधा धिमाल, रेणुका धिमाल, मञ्जु धिमाल, माया धिमाल र हेमन्ती धिमाल रहेका छन् । कार्यक्रममा विभिन्न क्षेत्रमा योगदान गर्ने ५ जना धिमाल महिला सम्मान गरेका थिए ।
कार्यक्रमका प्रमुख अतिथि धिमाल जातीय बिकास केन्द्रका सहअध्यक्ष अम्बर धिमाल, बिशिष्ट अतिथि पदम धिमाल, अतिथिहरु तिलक धिमाल, भीष्म धिमाल, कुमार धिमाल, मातृका धिमाल र अजित धिमाल रहेका थिए ।