विजयपुर । बलात्कारका घट्ना अत्याधिक भएको र सरकारले कार्वाही नगरेको भन्दै ९ वर्षीया बालिका सहित अन्य बालबालिकाहरुले धरानमा मौन प्रर्दशन गरेका छन् ।
ती ९ वर्षीया बालिकाले बोकेको प्ले बार्डमा 'रातीराती डुलेरे, छोटो बूत्र लाए रे २ वर्षिया बालिकाको के गल्ती थियो'। लेखिएको थियो ।
धरानका ५०– ६० जना बालबालिकाहरुले बलात्कारका घट्ना भएपनि प्रहरी प्रशासन, न्यायलय, र सरकारले नै कार्वाहीको दायरामा ल्याउन पहल नगरेको भन्दै प्रर्दशन गरेका हुन् । उनीहरुले स्तस्फुर्त रुपमा प्ले कार्डसहित प्रर्दशन गरेका थिए । उनीहरुले धरानको भानुचोकदेखि पुतली लाइन हुँदै भन्दै कलेज रोडदेखि भानुचोक आएर समापन गरेको प्रर्दशनीमा उपस्थित सुस्मिता भट्टराईले जानकारी दिइन् । उनले भनिन् ‘ नेपाल दैनिक ६–७ जना बालिका बलात्कृत हुदा पनि सरकारले कार्वाही नगरेकोले प्रर्दशनी गरेको हो ।’
अर्का प्रर्दशनीमा उपस्थित केवल लिम्बूले घट्ना दिनहु हुदापनि सरकारले नदेखेकोले सरकारलाई देखाउन प्रदशनी गरेको वताए । त्यस्तै अर्की मनिता राई .कपडाको कारणले बलात्कृत भए भन्न थालिएको वताइन । उनले प्रश्न गर्दै भनिन् ‘८ वर्षीया बालिका ६० आमाले कस्ता कपडा लगाएर अङ्ग देखाए ।’
बलात्कार जस्तो जघनय अपराध राजनितीक रङ्ग दिएर छुटाउने गरिन्छ यसको अन्त्यका लागि लाग्नु पर्ने सहभागी एलिसा लिम्बूले वताइन् । त्यस्तै प्रदशनीमा उपस्थित अञ्जली गिरीले, नेपालमा मानवता हराउँदै गएकोले मानवता खोज्नको लागि प्रर्दशनीमा उत्रिएकाके वताइन् ।

