वराहक्षेत्र/वराहक्षेत्र नगरपालिकाको वार्ड नम्बर १ खारखोलामा पैदल यात्रीलाई मोटरसाइकलले ठक्कर दिंदा स्थानिय ५५ वर्षीय पुरुषको मृत्यु भएको छ ।

मंगलबार बिहान करिब साढे ८ बजेको समयमा नगरपालिकाको १ नंं. मा रहेको कान्छीचोक कोशीपुल सडक खण्डमा, मोटरसाइकलले ठक्कर दिएपछि नपाको सोही वार्डका खारखोला बस्ने धन वहादुर कार्कीको मृत्यु भएको हो ।

कार्कीलाई, पश्चिमबाट पुर्व दिशा तर्फ जांदै गरेको प्रदेश १– ०२–०४०–प५२९६ नम्बरको यामाहा कम्पनीको एक्सजेड मोटरसाइकलले, विपरित दिशाबाट हिडेर आउँदै गर्दा, सडकको करम खोला पुलबाट करिब ३० फुटको दुरीमा, ठक्कर दिएको ट्राफिक प्रहरी चतराका प्रहरी सहायक निरीक्षक (असई) रोहित थापाले बताए ।

ठक्करबाट गम्भिर घाईते भएका कार्कीको धरान स्थित विपि कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारको क्रममा मृत्यु भएको छ , भने मोटर साईकल चालक वार्ड नम्बर वार्ड नं.१ चियाबारी बस्ने २५ वर्षका रन्जित राईको, मुख लगायतको चोट लागेको तथा बोल्न नसकेको राईको विपि क्याम्पमा उपचार भईरहेको असई थापाले बताए । उनले मोटर साईकललाई ईलाका प्रहरी कार्यालय चतराले नियन्त्रणमा लिएको बताए ।