धरान । धरानमा ब्युटिसियन तालिम र पार्लर सेवा सहित आर्या ब्युटि आर्ट एण्ड एकेडेमी सञ्चालनमा आएको छ ।
धरान–१० पुतली लाईन स्थित सिंहबाहिनी भगवती मन्दिरको भवनमा ुरु भएको एकेडेमीको मङ्गलबार धरान उपमहानगरपालिकाकी उपप्रमुख मञ्जु भण्डारीले उद्घाटन गरिन् ।
उद्घाटन कार्यक्रममा शुभकामना मन्तब्य दिँदै प्रमुख अतिथी सुबेदीले धरानमा स्तरिय ब्युटि एकेडेमीको अभाब भईरहेको बेलामा आर्याको आगमनले त्यो अभाब मेटिने विश्वास लिएको बताइन । एकेडेमीका लागि ३२ लाख लगानी गरिएको एकेडेमीकी सिइओ सीता मिश्रले जानकारी दिइन । उनले ब्युटिसियन बन्न चाहनेहरुलाई दक्ष बनाउने र स्वरोजगार बनाउने आफुहरुको उद्देश्य रहेको बताइन ।
एकेडेमीकी निर्देशक अनिशा दाहालले विद्यार्थी तथा ग्राहकलाई राम्रो तालिम र सेवा दिन दक्ष प्रशिक्षक र ब्युटिसियनको टिम रहेको जानकारी दिइन ।