बेलबारी। मोरङको उर्लाबारीमा भर्खरै पानी बोकेको गाडीले स्कुटरलाई ठक्कर दिँदा भएको दुर्घटनामा दुई जना युवकको मृत्यु भएको छ ।

प्रदेश १-०१-००१क १०३५ नम्बरको पानी बोक्ने गाडी र को ३१ प ५१ स्कुटर एकआपसमा ठोकिदा दुर्घटना भएको हो ।

मृत्यु हुनेमा उर्लाबारी ८ का २३ बर्षिय प्रदिप धामी र २२ बर्षिय सुदिप भुजेल रहेका इलाका प्रहरी कार्यालय उर्लाबारीले जनाएको छ । 

दुबै सवारी साधन र ट्रक चालक झापाको कमल गाउँपालिका ६ का ४३ बर्षीय भिम बहादुर दाहाल ईलाका प्रहरी कार्यालय उर्लाबारीको नियन्त्रणमा रहेको छ ।

दुर्घटनाको कारण तीब्र गति भएको प्रहरीको भनाई छ ।