यासोक । पाँचथरको कुम्मायक गाउँपालिकाका वडा नम्बर ३ स्थीत सिर्जनशिल महिला कृषि सहकारी सस्थाले मकैको बिउ र कृषि औजार सामाग्री बितरण गरेको छ । कृषि ज्ञान केन्द्र पाँचथर/ताप्लेजुङले ७५ प्रतिशत अनुदानमा संस्थालाई बितरण गरेको हो ।
संस्थाको कार्यालयमा एक कार्यक्रमको आयोजना गरी १३ सय केजी मकै, ९ वटा मिनिमिल, मकै सुकाउँने ६० थान पाल र दुईवटा काटा बितरण गरिएको संस्थाको अध्यक्ष पुष्पादेवि अधिकारीले बताइन् । ज्ञान केन्द्रको ७५ प्रतिशत अनुदान र संस्थाको २५ प्रतिशत रकमबाट उक्त सामाग्री बितरण गरिएको हो ।
चालु आर्थिक वर्ष २०७७/०७८ मा ज्ञान केन्द्रको ६ लाख, ९६ हजार ५ सय रुपैयाँ र संस्थाको १ लाख ७१ हजार ६ सय २५ रुपैयाँ, गरी कुल ८ लाख ६७ हजार ११ सय २५ रुपैयाँ रकमबाट कार्यक्रम संचालन भएको ज्ञान केन्द्रका अधिकृत भुवन बुढाथोकीले बताए । मकैबाली उत्पादन तथा प्रर्वद्धन कार्यक्रम अन्तरर्गत संस्थालाई बिभिन्न सामाग्रीहरु बितरण गरिएको बुढाथोकीको भनाइ छ ।
कार्यक्रमका प्रमुख अथिति गाउँपालिका अध्यक्ष जयबहादुर चेम्जोङले महिलाहरुको सकृयता उदाहरणीय रहेको भन्दै राम्रो काम गर्नेे संस्थालाई गाउँपालिकाले जहिले पनि प्रोत्साहन गर्ने बताए । उनले वडामा कृषिमा तमोर लिफ्ट सिचाँही आयोजना र तरकारी बाली बिकाश कार्यक्रम संचालन हुन लागेको भन्दै वडाको कृषि क्षेत्रमा यसले पनि ठुलो सहयोग गर्ने बताए ।
कार्यक्रममा वडा अध्यक्ष रामप्रसाद गजुरेल, राष्ट्रिय कृषक महासंघ अध्यक्ष गणेश पोख्रेल, सचिव महेन्द्रबहादुर खड्का, कार्यक्रम सम्योजक गणेश रिजाल, कार्यपालिका सदस्य यामकुमारी खड्का लगायतका बक्ताहरुले कृषि कर्ममा निरन्तर खटिएर काम गर्न आग्रह गरेका थिए । कार्यक्रम कृषि ज्ञान केन्द्रको सहयोगमा सृर्जनशिल महिला कृषि सहकारी संस्थाको आयोजनामा सम्पन्न भएको थियो ।