यासोक । पाँचथरको कुम्मायक गाउँपालिकाले कोभिड १९ बिरुद्धको खोप लगाउँन अन्तरिक तयारी जुटेको छ । गाउँपालिकाको स्वास्थ्य शाखाले खोप लगाउँने बिषयमा आन्तरिक तयारी जुटेको हो । 

सरकारले तेस्रो चरणको खोप तालिका सार्वजनिक गरेपछि गाउँपालिका भित्रका प्रत्येक खोप केन्द्रमा ५५ वर्षदेखि माथीका जेष्ठ नागरिकहरुलाई खोप लगाउँने तयारी अघि बढेको शाखा प्रमुख केदारबहादुर खड्काले बताए । शाखाले गाउँपालिका स्तरीय र प्रत्येक खोप केन्द्रमा कोभिड १९ बिरुद्धको खोप सम्बन्धी अभिमूखिकरण कार्यक्रम गर्दै आएको छ । 

गाउँपालिकामा फागुन २४ गतेदेखि २८ गतेसम्म खोप लगाउँने आन्तरिक तयारी सुरु गरेको छ । खोप लगाउँनु अघि खोपको परिचय, अवस्था, रोकथाम, नियन्त्रण र खोप समन्वय समितिको भूमिकाको बिषयमा अभिमूखिकरण कार्यक्रम संचालन गरी खोप लगाउँने कार्य अघि बढ्ने स्वास्थ्य कार्यालय पाँचथरका परिवार नियोजन अधिकृत राजेश्वर मिक्रले बताए ।

कोरोनाको खोपको बिषयमा समुदाय स्तरमा सकरात्मक सन्देश प्रभाह गर्ने उदेश्यले शाखाले बिभिन्न सचेता जगाउँने अन्तरक्रिया कार्यक्रम संचालन गर्दै आएको छ ।