झापा। झापा मेचीनगर नगरपालिका-६ स्थित मेची पुलबाट लागुऔषध खैरोहिरोईन ब्राउनसुगरसहित दुई जना पक्राउ परेका छन् । 

पक्राउ पर्नेमा पाँचथर आङना-४ घर भई हाल झापा दमक-१ बस्ने २३ बर्षीय  गणेश खत्री र मोरङ उर्लाबारी-९ का २७  बर्षीय अनुप तामाङ रहेका छन् ।

खत्रीलाई ३ ग्राम खैरोहिरोईन ब्राउनसुगर र तामाङलाई १ ग्राम खैरोहिरोईन ब्राउनसुगरसहित लागूऔषध नियन्त्रण ब्युरो काँकडभिट्टाबाट खटिएको प्रहरी टोलीले मङ्गलबार पक्राउ गरेको हो । 

पक्राउ परेका दुबैजनालाई ईलाका प्रहरी कार्यालय काँकडभिट्टाबाट थप अनुसन्धान तथा कानुनी कारबाही अगाडी बढाईएको १ नम्बर प्रदेश प्रहरी कार्यालय बिराटनगरले जनाएको छ ।