ब्लाष्टखबर । प्रतिवन्धित विप्लव नेतृत्वको नेकपा र सरकारका प्रतिनिधिबीच औपचारिक वार्ता शुरु भएको छ ।
प्रधानमन्त्री निवास बालुवाटारमा शुरू भएकाे वार्तामा सरकारी वार्ता टोलीका सरकारकाे तर्फबाट संयोजक गृहमन्त्री रामबहादुर थापा बादल र डा. राजन भट्टराई रहेका छन् भने, विप्लव समूहका वार्ता टोली संयोजक खड्गबहादुर विश्वकर्मा र उदय चलाउने रहेका छन् ।
वार्तामा सहभागी हुन विप्लव नेतृत्वको वार्ता टोली मंगलबार साँझै काठमाडौं आएको थियो ।
मंगलबार राति नै वार्ताको तयारी गरिएको भएपनि विप्लवतर्फका वार्ता टोली सार्वजनिक हुने कि नहुने भन्ने कुरामा टुंगोमा पुग्न नसक्दा वार्ता सुरु हुन सकेकाेले आज भने औपचारिक वार्ता शुरु भएकाे स्रोतले जनाएकाे छ।