धरान खानेपानी व्यबस्थापन बोर्डमा नेपाल खानेपानी संस्थानको धरान शाखाको सम्पत्ति, दायित्व र जिम्मेवारी हस्तान्तरण भएको छ । 

फागुन १७ गतेदेखि बोर्डले धरानको सम्पूर्ण उपभोक्तालाई खानेपानी आपूर्ति गर्ने गरी संस्थानको सम्पत्ति, दायित्व र जिम्मेवारी बोर्डमा हस्तान्तरण गरेको सञ्चारकर्मीमाझ धरान उपमहानगरका नगरप्रमुख तिलक राईले बताए । 

dharan_khanepani2

अब धरानेले खानेपानीको न्युनतम शुल्क १३० रुपैया तिर्नुपर्ने छ ।

धरानस्थित चारकोसे झाडीमा आयोजनाको ४ बटा टयूबवेलबाट ७० लाख लिटर पानी र संस्थाको ४ बटै टयूबवेलबाट ५३ लाख लिटर पानी प्रतिदिन उत्पादन भइरहेको मेयर राईले बताए । 

dharan_khanepani3

साथै धरान १७ स्थित उदय सामुदायिक वनक्षेत्रको  टयुबवेलबाट समेत ३० लाख लिटर पानी प्रतिदिन उत्पादन भइरहको धरान खानेपानी व्यवस्थापन बोर्डका निर्देशक तथा ईन्जिनियर राजु पोखरेलले बताए ।

संस्थानले सर्दूखर्दु र तामाखाम जलाधारबाट संकलन गरेको पानी र चारकोशे झाडीको भूमिगत पानी गरी करिब १७ हजार धारामा वितरण गर्दै आएको  भए पनि  करिब २८ हजार धारामा पानी आपूर्ति गर्नुपर्छ । संस्थानले १७ हजार धारामा मात्र मुस्किलले पानी वितरण गरेको छ । 

dharan_khanepani5

खानेपानी समस्याको दीर्घकालीन समाधानका लागि ९ वर्षअघि सरकारले एसियाली विकास बैंक (एडिबी) ले २२ मिलियन अमेरिकी डलर ऋण तथा अनुदान लिएको थियो । तर पनि हालसम्ममा धरानेले पर्याप्त पानी पाउन सकेका छैनन् । 

dharan_khanepani6

सञ्चारकर्मीसँग कुराकानी गर्दै नगर प्रमुख तिलक राईले अब एकद्वार प्रणाली भइसकेकाले खानेपानी सहज हुने बताए । उनले खानेपानी समस्यामा बोर्ड र जनप्रतिनिधि जवाफदेही हुने बताए । ‘द्वैध प्रणालीका कारण असहज वितरण थियो अब वैज्ञानिक वितरण हुन्छ ।’ नगर प्रमुख राईले भने । 

khanepani1

khanepani2

khanepani3