काठमाडौं । प्रदेश १ का मुख्यमन्त्री शेरधन राईविरुद्धको अविश्वासको प्रस्तावमाथि हुने छलफल सरेको छ ।
गत फागुन ९ गते भएको प्रदेशसभा बैठकमा मुख्यमन्त्री राईविरुद्धअविश्वास प्रस्ताव पेश हुनेवित्तिकै फागुन २० गतेसम्म बैठक स्थगित गरिएको थियो । बैठक बस्ने एक दिनअघि प्रदेशसभा सचिवालयले सूचना टाँस गरेर चैत २ गतेसम्मलाई सारेको हो ।
प्रदेश सभाका सचिवको कार्यालयले आज सूचना टाँस गर्दै फागुन २० गतेका लागि बोलाइएको बैठक विशेष कारणले सरेको जानकारी दिएका हुन् । अबको बैठक चैत २ गते सोमबार १२ः३० बजे बस्ने छ ।
मुख्यमन्त्री शेरधन राईविरुद्ध नेकपाको प्रचण्ड माधव समूहले पुस १२ गते अविश्वास प्रस्ताव पेश गरेको थियो ।
