नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रधानमन्त्री पदका लागि लोभ गरेर मरिहत्ते नगर्ने तर काँधमा जिम्मेवारी आए पछि हट्ने बताएका छन् । 

यसअघि सरकार गठनका सन्दर्भमा मौन रहेका देउवाले पहिलोपटक मुख खोल्दै आफू प्रधानमन्त्री हुँदा कांग्रेसलाई घाटा नहुने बताए ।  

देउवाले भने, ‘प्रधानमन्त्रीको लोभ पनि छैन, काँधमा जिम्मेवारी आए पछि पनि हटिन्न ।’

बुधबार चितवनमा आयोजित भेलामा देउवाले आफू प्रधानमन्त्री हुँदा कांग्रेसलाई कुनै घाटा नभए पनि कतिपयले आफूलाई प्रधानमन्त्री नहोस् भन्ने चाहिरहेको खुलाए । मिलेर सरकार गठन गर्ने नेकपा प्रचण्ड–माधव पक्षको आग्रहलाई देउवाले अस्वीकार गरेका थिए । उनले नेकपाको विवाद टुंगिएपछि मात्र यस विषयमा बोल्ने बताएका थिए ।