‘सरकार–विप्लव वार्ता टोली’ले आजै दोस्रो चरणको वार्ता सम्पन्न गरेका छन् ।
सरकारी वार्ता टोलीका तर्फबाट सदस्य रहेका प्रधानमन्त्रीका परराष्ट्र मामिला सल्लाहकार राजन भट्टराईले ट्वीटमार्फत् जानकारी दिएका हुन् ।
भट्टराईले ट्वीट गर्दै भनेका छन्, दोस्रो चरणको वार्ता अहिले साँझ सम्पन्न, नेपाल सरकार र नेत्रविक्रम चन्द –विप्लव) ले नेतृत्व गर्नु भएको नेकपाका वार्ता टोलीबीच दोस्रो चरणको वार्ता अहिले साँझ सम्पन्न भयो । वार्ता विषय केन्द्रित भएको, दुबै पक्ष समान धारणा नजिक पुगेको र छिट्टै सकारात्मक निष्कर्षमा पुग्ने अपेक्षा गरिएको छ ।’
