सुनसरी । जिल्ला सुनसरी ईनरुवा नगरपालिका-८ डुम्राहा बस्ने ६० बर्षीया खट्रो उरावको मोटरसाईकलको ठक्करबाट मृत्यु भएको छ ।
बुधबार बेलुका ५ः३० बजे भोक्राहानरसिङ -४ स्थित पुर्ब-पश्चिम राजमार्गमा स४प ५७१३ नम्बरको मोटरसाईकलले ठक्कर दिँदा घाईते भएकी उरावको जिल्ला अस्पताल ईनरुवामा उपचारको क्रममा साँझ ६ः३० बजे मृत्यु भएको छ ।
सो दुर्घटनामा मोटरसाईकल चालक सप्तरी कैलाडी ६ बस्ने ५० बर्षीय शिव नारायण मण्डलसमेत घाईते भई गोल्डेन अस्पताल विराटगरमा उपचार भईरहेको १ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ ।